उखु किसान फेरि आन्दोलनमा
आइतबार, भदौ ८, २०८२
प्रदर्शनमा सहभागीहरूले एकतर्फी मूल्य स्वीकार छैन, उखु कृषक शोषण बन्द गर, उखु अनुदान भुक्तानी गर, मूल्य निर्धारणमा कृषकलाई सहभागी गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।
एमसीसीले नेपालको सार्वभौमसत्ता र भू–राजनीतिक सन्तुलनमा गम्भीर असर गर्छ : खनाल
आइतबार, भदौ ८, २०८२
‘संसदमा हुल हुज्जत, नाराबाजी र कोलाहलबिच कुनै सुनुवाइ नभएको अवस्थामा एमसीसी पारित भयो,’ खनालले भने, ‘यो नेपालको लोकतान्त्रिक इतिहासमा एउटा कालो पानाको रूपमा रहनेछ ।’
मैना सुनुवार हत्या मुद्दाको निर्णय सुनाउने पेसी स्थगित, आज पनि भएन फैसला
आइतबार, भदौ ८, २०८२
२०७४ वैशाख ३ मा १५ वर्षीय किशोरी मैना सुनुवारको हत्यामा दोषी ठहर्याउँदै काभ्रे जिल्ला अदालतका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले महासेनानी बबी खत्री, सहसेनानीहरू अमिल पुन र सुनिलप्रसाद अधिकारीलाई जन्मकैदको फैसला सुनाएको थियो ।
तीजले नेपाली समाजको सांस्कृतिक पहिचानलाई जोड्दै लगेको छ : मन्त्री खड्का
आइतबार, भदौ ८, २०८२
मन्त्री खड्काले भने, ‘कुनै धातु तरल अवस्थामा रहँदा जसरी पाइएको फ्रेमअनुसार आकार लिन्छ, विद्यार्थी पनि आजको दिनमा आफैँलाई जसरी तयार गर्छन्, त्यसरी नै भविष्य निर्माण हुन्छ । त्यसैले धर्म, संस्कृति र समाजको रक्षा गर्दै योग्य नागरिक बन्नु तपाईँहरूको जिम्मेवारी हो । तीज अब दाजुभाइ, आमा–दिदी–बहिनी सबैले मिलेर मनाउने साझा पर्वको...
राष्ट्रपतिसँग विपिन जोशीका परिवारको भेटवार्ता
आइतबार, भदौ ८, २०८२
इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र पुष्पा जोशीले इजरायल पुगेर राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किएका थिए ।
द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो : गृहमन्त्री लेखक
आइतबार, भदौ ८, २०८२
‘द्वन्द्व सकारात्मक र नकारात्मक दुई थरी कै हुन्छन् । सकारात्मक द्वन्द्वको व्यवस्थापन गर्दा देशले विकास हुन्छ भने नकारात्मक द्वन्द्वले देशमा दुर्गति निम्त्याउँछ । द्वन्द्व व्यवस्थापनमा, द्वन्द्वको पहिचान, समय र सम्झौता मुख्य कुरा हो,’ उनले भने ।
२ हजार ३ सयले बढ्यो सुनको मुल्य, १ लाख ९७ हजार ५ सय सय रुपैयाँमा कारोबार
आइतबार, भदौ ८, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार आज १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको १ लाख ९७ हजार ५ सय रुपैयाँ पुगेको छ ।
भारतबाट ईभी आयातमा वृद्धि
आइतबार, भदौ ८, २०८२
अघिल्लो आव २०८१/८२ को सोही अवधिमा नेपालमा कुल ३८१ ओटा ईभी आयात भएका थिए । जसमध्ये चीनबाट २०२ ओटा र भारतबाट १७८ ओटा मात्रै आयात भएको विभागको तथ्याङ्कले देखाएको छ ।
पहिलो महिनामै साढे तीन अर्बभन्दा बढीको स्मार्टफोन आयात
आइतबार, भदौ ८, २०८२
चालु आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो महिनामै नेपालमा करीब साढे तीन अर्ब रुपैयाँ भन्दा बढी मूल्यका स्मार्टफोन आयात भएका छन् ।
सुटकेशभित्र महिलाको शव फेला (भिडियोसहित)
आइतबार, भदौ ८, २०८२
रौतहटको मुडवालवा सडकमा सुटकेशभित्र महिलाको शव फेला परेको छ । गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालवा मोड नजिकको सडकमा शव सहितको सुटकेश फेला परेको प्रहरीले जानकारी दिएको छ ।
साफ यू-१७ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेश भिड्दैँ
आइतबार, भदौ ८, २०८२
भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज बंगलादेशसँग तेस्रो खेल खेल्ने भएको छ ।
तिजले छोप्यो, चुरा–पोतेको व्यापार चम्कियो (भिडियोसहित)
आइतबार, भदौ ८, २०८२
हिन्दु नारीहरुको महत्वपूर्ण पर्व तिजले छपक्कै छोपेको छ । साडी, चुरा–पोते, गहना र मेहेन्दी पसलहरुमा चहलपहल उसैगरी बढेको छ । देशभरका बजारमा रहेका साडी, चुरा–पोते, गहना र मेहेन्दी पसलमा भीड बढ्दो छ । व्यापारी व्यस्त भएका छन् ।
समृद्ध नेपाल बनाउन नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक : कुलमान घिसिङ
आइतबार, भदौ ८, २०८२
युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले समृद्ध नेपाल बनाउन नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक रहेको बताएका छन् ।
साताको लोकप्रिय

