Harsamaya
साफ यू-१७ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेश भिड्दैँ
 भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज बंगलादेशसँग तेस्रो खेल खेल्ने। 

काठमाडौं - भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज बंगलादेशसँग तेस्रो खेल खेल्ने भएको छ । 

खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे चाङ्लिमिथाङ रंगशालामा सुरु हुनेछ ।

नेपाल र बंगलादेश दुवैले अहिलेसम्म २ खेलबाट १ जित र १ हार प्राप्त गरेका छन् । नेपाल भारतसँग ७–० ले पराजित भएपनि भुटानलाई २–१ ले हराएको थियो भने बंगलादेशले भुटानलाई ३–१ ले हराएर भारतसँग २–० ले हार हारेको थियो ।

प्रतियोगितामा भारत ६ अंकसहित शीर्ष स्थानमा छ भने बंगलादेश र नेपालको समान ३ अंक भए पनि गोलअन्तरका आधारमा बंगलादेश दोस्रो र नेपाल तेस्रो स्थानमा छन् । आजै भारत र भुटानबीच पनि प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update