Harsamaya
६४४ पर्यटक बेपत्ता 
रसुवा बाढी ।

काठमाडौं - रसुवा, नुवाकोट, धादिङ र गोरखामा भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि ६४४ जना पर्यटक तथा यात्रु बेपत्ता भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रका सरोकारवालाले प्रभावित क्षेत्रमा रहेका पर्यटक तथा यात्रुको अवस्था पहिचान र खोजी गरिरहेका छन्।

ट्रेकिङ तथा भ्रमण कम्पनीहरूबाट प्राप्त प्रारम्भिक विवरणअनुसार ६४४ जना यात्रु बेपत्ता भएको देखिएकोमा तीमध्ये ५२२ जना नेपाली नागरिक रहेको जनाइएको छ। उक्त विवरण सम्बन्धित ट्राभल तथा ट्रेकिङ कम्पनी, गाइड, स्थानीय प्रशासन र सुरक्षा निकायसँगको समन्वय भइरहेको छ।

बाढीका कारण भोटेकोशी र त्रिशूली नदी आसपासका चारवटै जिल्लाका नदी किनारका क्षेत्रहरूमा ठूलो क्षति पुगेको मन्त्रालयले जनाएको छ। प्रभावित क्षेत्रमा घाइते तथा फसेका नागरिक र पर्यटकको उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरणका लागि सबै प्रयास भइरहेको छ।

पर्यटक तथा यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै सरकारले प्रभावित क्षेत्रमा रहेका सबैलाई शान्त रहन, आधिकारिक सूचनामा ध्यान दिन र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।

आपत्कालीन सम्पर्क नम्बर:
टोल फ्री : १२३४
हटलाइन : ११४४
पर्यटक प्रहरी : ९८५१२८९४४५

सम्बन्धित व्यक्तिले नजिकको प्रहरी वा सुरक्षा निकाय, स्थानीय प्रशासन, ट्राभल एजेन्सी, गाइड वा भ्रमण सञ्चालकलाई तत्काल जानकारी गराउनसमेत आग्रह गरिएको छ।

rasuwa-badhi-missing-person-1787815389.JPG
 

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update