असोज ४ : आज दिनभर के के भए ?
शनिबार, असोज ४, २०८२
हमासले इजरायलबाट नियन्त्रणमा लिएका ४८ जनाको बिदाई तस्वीर सार्वजनिक गरेको छ । जसमा नेपालका विपिन जोशी पनि रहेका छन् । अरु के के भए दिनभर ? मुख्य समाचारहरू ।
‘आइतबारको सूर्यग्रहण बार्नु नपर्ने’
शनिबार, असोज ४, २०८२
नेपाली आकाशमा नदेखिने ग्रहण नेपालीले बार्नु नपर्ने शास्त्रीय वचन रहेको उनले बताए ।
सबै बन्धकलाई ‘बेपत्ता इजरायली विमान चालक’ को नियति बनाउने हमासको चेतावनी, नेपालका विपिन जोशीको पनि तस्वीर
शनिबार, असोज ४, २०८२
हमासले गाजा शहरमा जारी पछिल्लो इजरायलको आक्रमणले उनीहरूलाई खतरामा पार्न सक्ने बताएको छ । सो तस्वीरमा नेपालका विपिन जोशीको पनि तस्वीर छ ।
नारायणगढ-मुग्लिन सडक अझै खुलेन, पहिरोमाथि पहिरो खसेपछि सकस
शनिबार, असोज ४, २०८२
आज साँझसम्म पहिरो पन्छाउँदा पहिरो खस्ने क्रम जारी रहेको जनाउँदै कार्यालयका प्रमुख नारायण लामिछानेले ठूलो पहिरो भएकाले रातको समयमा काम गर्न कठिन हुने बताए ।
प्लास्टिकको कुर्सीमै बसेर मधेश प्रदेश सभा सुचारु गर्ने तयारी
शनिबार, असोज ४, २०८२
शनिबार जनकपुरधामस्थित प्रदेशसभा सचिवालयमा सभामुख रामचन्द्र मण्डलको अगुवाईमा बसेको सर्वदलीय बैठकले असोज ७ गते मंगलबार दिउँसो १ बजे मधेश प्रदेश सभाको बैठक बस्ने निर्णय गरेको छ ।
हेटौंडामा जेनजी आन्दोलनका मृतकहरूको सम्झनामा दिप प्रज्वलन
शनिबार, असोज ४, २०८२
कार्यक्रममा बोल्ने वक्ताहरूले जनताका मागलाई सुन्ने, युवाहरूको आवाजलाई सम्मान गर्ने र दमन होइन समाधानको बाटो रोज्न सरकारलाई आग्रह गरे।
तातोपानी नाका अवरुद्ध हुँदा दशैंका सामान बोकेका कन्टेनर बाटोमै अलपत्र
शनिबार, असोज ४, २०८२
भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा झरेको पहिरोका कारण धेरै गाउ समेत जोखिममा परेका छन् । स्थानीयहरुले बस्ती जोगाएर सडक बनाउनुपर्ने बताउदै आएका छन् ।
सुशासन र भ्रष्टाचारका विषयमा गम्भीर नहुँदा क्षतिः डा शेखर
शनिबार, असोज ४, २०८२
उनले लोकतन्त्र र प्रजातन्त्रको धरोहर विराटनगरस्थित कोइराला निवास जलेकामा दुःख व्यक्त गरे । भौतिक संरचना जले पनि नेपाली कांग्रेसको इतिहास नजलेको उनको जिकिर छ ।
भौगोलिक अखण्डताको अडानकै कारण ओली नेतृत्वको सरकार ढालियो : मुख्यमन्त्री कँडेल
शनिबार, असोज ४, २०८२
उनले चीन भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको भूमि भएको स्पष्ट रूपमा उठाएपछि सत्तामा आँच आएको उल्लेख गरे ।
सिरहामा करेन्ट लागेर शिक्षकको मृत्यु
शनिबार, असोज ४, २०८२
लहान नगरपालिका–२३ स्थित गाढा गाउँमा सिँचाइका लागि प्रयोग गरिएको विद्युतीय मोटरबाट करेन्ट लाग्दा गम्भीर घाइते भएका एक शिक्षकको मृत्यु भएको छ ।
दसैँ टीकाको साइत कुन देशमा कहिले र कति गते ?
शनिबार, असोज ४, २०८२
शास्त्रीय मान्यतानुसार पर्वहरू स्थानीय तिथि र समयअनुसार मनाउनुपर्ने भएकाले, विभिन्न देशमा फरक–फरक समय तोकिएको समितिले जनाएको छ ।
बाजुराका स्थानीय तहमा खटाईएका प्रशासकीय अधिकृतहरु हालसम्म आएनन्
शनिबार, असोज ४, २०८२
मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतहरु हाजिर नभएपछि फेरि निमित्तलाई आर्थिक तथा प्रशासनिक अधिकार दिएर कामकाज सुरु गर्न थालिएको हो ।
जेनजी आन्दोलनका सहिद परिवार र घाइतेले भने : रगतमाथि खेलबाड नहोस् [भिडियोसहित]
शनिबार, असोज ४, २०८२
घाइते आफन्त सरस्वती रावलले घाइतेहरुले अस्पतालकै बेडमा आफ्नो रगत खेर जाने अवस्था आउछ कि भन्ने चिन्तामा रहेको बताइन् । उनले देश र जनताको लागि बगेको रगत खेर जानु नहुने बताइन् ।

