सिरहामा करेन्ट लागेर शिक्षकको मृत्यु

सिरहा - लहान नगरपालिका–२३ स्थित गाढा गाउँमा सिँचाइका लागि प्रयोग गरिएको विद्युतीय मोटरबाट करेन्ट लाग्दा गम्भीर घाइते भएका एक शिक्षकको मृत्यु भएको छ ।
आज बिहान घर नजिकैको खेतमा रोपिएको धानमा सिँचाइ गर्न मोटर चलाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते लहान–१९, सोनमति गाढास्थित जनता माध्यमिक विद्यालयमा कार्यरत ३८ वर्षीय शिक्षक वीजेन्द्रकुमार सहनीको मृत्यु भएको हो ।
घटनापछि आफन्त तथा स्थानीयले उनलाई तत्काल उद्धार गरी लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पुर्याएकामा लगत्तै चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेशकुमार यादवले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, असोज ४, २०८२ १८:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय