Harsamaya
कश्मीरमा चहलपहल बढ्यो, एलओसी नजिकै बस्नेलाई राहत महसुस
कश्मीरमा चहलपहल बढ्यो, एलओसी नजिकै बस्नेलाई राहत महसुस शान्तिले दुवै देशका मानिसहरूलाई राहत दिएको छ । विशेष गरी नियन्त्रण रेखा (एलओसी) नजिकै बस्नेहरूले सहज महसुस गरेका छन् । दुई हप्ताभन्दा बढी समयदेखि तनावमा बिताएका स्थानीयहरू आफ्नो नियमित जीवनमा फर्किरहेका छन्। भारत नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगरका बजार र पसलहरू थप तनाव बढ्ने डर घटेपछि खुल्न थालेका छन् ।
भारत र पाकिस्तानबीचको हात हालाहालको स्थिति रोकियो : प्रधानमन्त्री 
भारत र पाकिस्तानबीचको हात हालाहालको स्थिति रोकियो : प्रधानमन्त्री  उनले मासड्रिस्टक्सनका हतियारहरुको निर्माण हुनु मानव अस्तित्व र धर्तीको अस्तित्वका लागि खतरनाक रहेको बताए । ‘आज जति बेला मासड्रिस्टक्सनका हतियारहरूको निर्माण र त्यो थुप्रो लगाउने काम भइरहेको छ । यो मानव अस्तित्व र धर्तीको अस्तित्वका लागि बहुत खतरनाक चीज हो । यसकारण यस खतरनाक चीजबाट उन्मुक्तिका लागि हामी फेरि पनि...
भारत र पाकिस्तानबीच युद्वविराम 
भारत र पाकिस्तानबीच युद्वविराम  ‘अमेरिकाको समन्वयमा राति लामो समय भएको छलफलपछि, भारत र पाकिस्तान तत्कालै पूर्ण युद्धविराम गर्न सहमत भएको घोषणा गर्न पाउँदा म खुसी छु ।’ उनले ‘कमन सेन्स’ र उत्कृष्ट बुद्धिमत्ताका प्रयोग गरेको दुवै देशलाई बधाईसमेत दिएका छन् ।
पाकिस्तानमा रहेका नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौं : परराष्ट्र मन्त्रालय
पाकिस्तानमा रहेका नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौं : परराष्ट्र मन्त्रालय मन्त्रालयले यस सम्बन्धमा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरूका अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न सकिने पनि भनिएको छ । 
भारतका ७७ ड्रोन खसालेको पाकिस्तानको दाबी
भारतका ७७ ड्रोन खसालेको पाकिस्तानको दाबी ‘मे ८ को साँझसम्म पाकिस्तानले २९ भारतीय ड्रोनलाई खसालेको थियो भने बिहीबार राति थप ४८ ड्रोन नष्ट गरिएको छ,’ पीटीभीले पाकिस्तानी सुरक्षा स्रोतलाई उद्धृत लेखेको छ ।
भारत र पाकिस्तानबिच बढ्दो तनाव, २४ विमानस्थल बन्द,  एयर मार्सल तैनाथ
भारत र पाकिस्तानबिच बढ्दो तनाव, २४ विमानस्थल बन्द,  एयर मार्सल तैनाथ नागरिक उड्डयन सुरक्षा ब्युरो (बीसीएएस)ले देशभरका सबै एयरलाइन्स र विमानस्थलहरूलाई सुरक्षा उपायहरू बढाउन निर्देशन समेत दिएको छ । निर्देशन अनुसार, सबै विमानस्थलहरूमा सबै यात्रुहरूको जाँच गरिनेछ । टर्मिनल भवनमा आगन्तुकहरूको प्रवेश निषेध गरिएको छ ।
४२ घण्टापछि नेपालले भन्यो - आतंकवादविरुद्ध नेपाल दृढ छ
४२ घण्टापछि नेपालले भन्यो - आतंकवादविरुद्ध नेपाल दृढ छ उक्त आक्रमणमा एक नेपाली नागरिक सुदिप न्यौपानेकोसमेत मृत्यु भएको थियो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ – यस दुःखद समयमा नेपाल र भारत एकतामा उभिएर यो पीडामा एकताबद्ध हुनुपर्छ । 
नेपालबाट विमान अपहरण काण्डमा सौदाबाजीमा छुटेका रउफ पनि मारिएको भारतीय मिडियाको दाबी
नेपालबाट विमान अपहरण काण्डमा सौदाबाजीमा छुटेका रउफ पनि मारिएको भारतीय मिडियाको दाबी रउफ असगर जैश–ए– मोहम्मदका संस्थापक मौलाना मसूद अजहरका भाइ थिए। बहावलपुरमा समूहको मुख्यालयलाई लक्षित गरी भएको आक्रमणमा मारिएका अजहरको परिवारका १० सदस्यमध्ये उनी पनि एक थिए। यस हमलामा अजहरका नजिकका ४ जनासहित कुल १४ जनाको मृत्यु भएको थियो ।
पाकिस्तानको गोलीबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुग्यो,४३ घाइते
पाकिस्तानको गोलीबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुग्यो,४३ घाइते भारतीय सेनाले मंगलबार रातिदेखि पाकिस्तानले गरेको गोलाबारीबाट १५ जना सर्वसाधारणको मृत्यु भएको र ४३ जना घाइते भएको बताएको छ।जम्मू कश्मीरको पुंछ र तंगधारका नागरिक क्षेत्रहरू गोलाबारीबाट प्रभावित भएको बताइएको छ।
बढ्दो तनावका कारण भारत र पाकिस्तानबीच करिब ५५० उडान रद्द
बढ्दो तनावका कारण भारत र पाकिस्तानबीच करिब ५५० उडान रद्द रियल-टाइम उडान ट्र्याकिङ सेवा फ्लाइटराइडर २४ को तथ्यांकअनुसार, हवाई हमलापछि पाकिस्तानमा १६ प्रतिशत र भारतमा ३ प्रतिशत निर्धारित व्यावसायिक उडानहरू रद्द गरिएका छन्।
पाकिस्तानले भन्यो - भारतले राजनीतिक उद्देश्यहरू पूरा गर्न निर्दोष नागरिकहरूमाथि आक्रमण गर्यो
पाकिस्तानले भन्यो - भारतले राजनीतिक उद्देश्यहरू पूरा गर्न निर्दोष नागरिकहरूमाथि आक्रमण गर्यो ‘यो पनि सम्झन लायक छ कि २२ अप्रिल २०२५ पछि, पाकिस्तानले विश्वसनीय, पारदर्शी र निष्पक्ष अनुसन्धानको लागि वास्तविक प्रस्ताव गरेको थियो, जुन दुर्भाग्यवश स्वीकार गरिएन’, विज्ञप्तिमा भनिएको छ।
हामीले हाम्रा निर्दोष मानिसहरूलाई मार्नेलाई मात्र मार्यौं: भारतीय रक्षामन्त्री सिंह
हामीले हाम्रा निर्दोष मानिसहरूलाई मार्नेलाई मात्र मार्यौं: भारतीय रक्षामन्त्री सिंह राजनाथ सिंहले रामायणको अशोक वाटिका प्रकरणको उल्लेख गर्दै भने ‘हामी (भारतीय सेना) हनुमान जीको आदर्शलाई पछ्याउँछौं,हामीले हाम्रा निर्दोष मानिसहरूलाई मार्नेहरूलाई मात्र मार्यौं।’
Weather Update