
काठमाडौं - पाकिस्तानले ‘आतंकवादी शिविर’ भएको भारतको दाबीलाई अस्वीकार गरेको छ । प्रधानमन्त्री शाहबाज शरीफको अध्यक्षतामा भएको पाकिस्तानको राष्ट्रिय सुरक्षा समिति (एनएससी) को बैठकपछि एक विज्ञप्ति जारी गर्दै पाकिस्तानले सो कुरा अस्वीकार गरेको हो ।
पाकिस्तानले आफ्नो भूमिमा आतंकवादी शिविर रहेको भारतको दाबी अस्वीकार गर्दै भारतका आरोपहरू निराधार भएको दोहोर्याएको छ।
‘यो पनि सम्झन लायक छ कि २२ अप्रिल २०२५ पछि, पाकिस्तानले विश्वसनीय, पारदर्शी र निष्पक्ष अनुसन्धानको लागि वास्तविक प्रस्ताव गरेको थियो, जुन दुर्भाग्यवश स्वीकार गरिएन’, विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा भनिएको छ अन्तर्राष्ट्रिय मिडियाले मे ६ मा कथित ‘आतंकवादी शिविरहरू’को भ्रमण गरेको थियो र आज (बुधबार) थप भ्रमणहरू तय गरिएको थियो । ‘यद्यपि, आफ्नो दाबीलाई समर्थन गर्ने कुनै प्रमाण प्रदान नगरी, भारतले अगाडि बढ्यो र आफ्नो राजनीतिक उद्देश्यहरू पूरा गर्न निर्दोष नागरिकहरूमाथि आक्रमण गर्यो’, विज्ञप्तिमा भनिएको छ।