
वासिङ्टन - भारत र पाकिस्तान युद्वविरामका लागि सहमत भएका छन् । अमेरिकाको पहलमा भारत र पाकिस्तान युद्वविरामका लागि तयार भएका हुन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले शुक्रबार राति अमेरिकाले गरेको छलफल भएपछि दुवै देश यसका लागि तयार भएको बताएका हुन् ।
‘अमेरिकाको समन्वयमा राति लामो समय भएको छलफलपछि, भारत र पाकिस्तान तत्कालै पूर्ण युद्धविराम गर्न सहमत भएको घोषणा गर्न पाउँदा म खुसी छु ।’ उनले ‘कमन सेन्स’ र उत्कृष्ट बुद्धिमत्ताका प्रयोग गरेको दुवै देशलाई बधाईसमेत दिएका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतका विदेशमन्त्री एस. जयशंकर र पाकिस्तानी सेना प्रमुख जनरल असीम मुनीरसँग कुरा गरेका थिए । उनले दक्षिण एसियामा शान्ति स्थापना गर्न दुवै देशलाई तनाव कम गर्न र मिलेर काम गर्न अपिल गरेका थिए।