पाकिस्तानको गोलीबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुग्यो,४३ घाइते

काठमाडौं - जम्मू कश्मीरको पुंछ र तंगधारमा पाकिस्तानी गोलाबारीबाट सर्वसाधारण इलाकामा क्षति पुगेको सेनाले जनाएको छ।
भारतीय सेनाले मंगलबार रातिदेखि पाकिस्तानले गरेको गोलाबारीबाट १५ जना सर्वसाधारणको मृत्यु भएको र ४३ जना घाइते भएको बताएको छ।जम्मू कश्मीरको पुंछ र तंगधारका नागरिक क्षेत्रहरू गोलाबारीबाट प्रभावित भएको बताइएको छ।
मंगलबार राति, भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका धेरै स्थानमा हवाई आक्रमण गरेको थियो । जसमा २६ जना सर्वसाधारणको मृत्यु भएको थियो भने ४६ जना घाइते भएको पाकिस्तानी सैन्य प्रवक्ताले बताएका छन्।
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२ २०:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय