Harsamaya
भारतका ७७ ड्रोन खसालेको पाकिस्तानको दाबी
भारत र पाकिस्तान बीचको तनाव रोकिने देखिएको छैन ।

इस्लामबाद - भारत र पाकिस्तान बीचको तनाव रोकिने देखिएको छैन । दुवैले एक अर्काको सिमाना र सैन्य ब्यारेकसम्म हमला गरिरहेका छन् । 

जसअनुसार भारतको ‘अपरेशन सिन्दुर’ बिफल पार्नका लागि पाकिस्तान धेरै हदसम्म सफल भएको दाबी गरिएको छ ।

जसअनुसार पाकिस्तानले हालसम्म ७७ भारतीय ड्रोन खसालिसकेको पाकिस्तानको सरकारी मिडियाले जनाएको छ।

पाकिस्तानले हालसम्म कुल ७७ भारतीय ड्रोन खसालेको सरकारी मिडिया पीटीभीले जनाएको हो । 

‘मे ८ को साँझसम्म पाकिस्तानले २९ भारतीय ड्रोनलाई खसालेको थियो भने बिहीबार राति थप ४८ ड्रोन नष्ट गरिएको छ,’ पीटीभीले पाकिस्तानी सुरक्षा स्रोतलाई उद्धृत लेखेको छ ।

उसका अनुसार पाकिस्तानले भारतीय आक्रामणको ‘उचित जवाफ’ दिइरहेको दाबी पनि गरिएको छ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  ०६:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update