प्रतिशोधपूर्ण व्यवहार भएको भन्दै कांग्रेसभित्र विरोध, नेताहरूले गरे नेतृत्वको आलोचना [भिडियो]
सोमबार, असार ३०, २०८२
उनले कांग्रेसभित्र मन नपर्ने मान्छेलाई टिकट दिनबाट वञ्चित गरिनु मात्र नभइ झुट्टा आरोप लगाएर गिरफ्तार गराउने गरिएको समेत बताए । उनले चुनावमा असहयोग गरेको भन्दै कसैको राजनीति यात्रा सिध्याउन खोजेको समेत बताए ।
जनसम्पर्क समितिको अधिवेशन पुस मसान्तभित्र सक्नुपर्ने, कार्य योजना तयार गरिँदै
मंगलबार, असार २४, २०८२
काँग्रेसले प्रवासमा रहेका नेपाली समुदायलाई पार्टीसँग जोड्न र उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा जनसम्पर्क समितिहरू गठन गर्ने निर्णय गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालय विस्तारका लागि १३ करोडमा १९ आना जग्गा खरिद
शुक्रबार, असार १३, २०८२
निर्धारित १३ करोड रुपैयाँ, पार्टीको विभिन्न तहको लेवी एवं शुभेच्छुकहरूको सहयोग मार्फत चुक्ता गरिने मुख्य सचिव कृष्ण पौडेलले जनाएका छन् ।
काँग्रेस केन्द्रीय समिति बैठकको मिति परिवर्तन
सोमबार, असार ९, २०८२
‘नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ असार १५ गते आइतबार दिनको १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी पी स्मृति भवन, बी पी। नगर, ललितपुरमा बस्ने भनिएकोमा विशेष कारणवश उक्त बैठक २०८२ असार १६ गते सोमबारका दिन दिनको १ः०० बजे बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं...
ढुण्डिराज शास्त्रीको निधनप्रति कांग्रेसले तीन दिनसम्म झण्डा आधा झुकाउने [भिडियो]
बुधबार, असार ४, २०८२
अर्घाखाँची जिल्लाको किमडाँडामा वि.सं. १९९३ जेठ २५ गते जन्मिएका स्वर्गीय शास्त्री वि.सं.२०४८ र २०५१ को आम निर्वाचनमा अर्घाखाँची जिल्ला निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
काँग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै
बुधबार, असार ४, २०८२
बैठक काँग्रेस पूर्व सांसद ढुण्डिराज शास्त्रीको गत सोमबार निधन भएपछि शोक प्रस्ताव पारित गर्नेका लागि बोलाइएको हो । शास्त्री २०४८ र २०५१ सालमा अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
कांग्रेसले बोलायो आकस्मिक बैठक
मंगलबार, असार ३, २०८२
सचिव पौडेलले सोमबार बिहान निधन भएका कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री ढुण्डीराज शास्त्रीप्रति शोक प्रस्ताव पारित गर्न आकस्मिक बैठक बोलाइएको बताए।
पढ्या लेख्या मान्छेले नेपालमा आफ्नो भविष्य देख्नै छोड्यो - संजय कुमार गौतम (भिडियोसहित)
बिहीबार, जेठ २९, २०८२
हो । १५औं महाधिवेशनमा सभापतिको उमेदवार शेखर दाइ नै हो । १४औं महाधिवेशन देखि १५औं महाधिवेशनसम्मको हाम्रो लिडर शेखर दाइ नै हो । हामीले हाम्रो विचार समूहलाई ‘इन्ट्याक्ट’ गर्न खोज्छौं ।
पार्टी बैठकमा लेखक : पार्टीले चाहे फिर्ता आउँछु‚ देउवाले भने - पर्दैन
सोमबार, जेठ १२, २०८२
‘बैठकमा उहाँले ब्रिफिङ्ग गर्दै पार्टीलाई मेरो कारणले समस्या परेको भए राजीनामा दिएर फिर्ता आउँछु भनेर स्पष्ट रूपमा बोल्नुभयो‚’ बैठकमा सहभागी एक देउवा निकट पदाधिकारीले भने ।
गृहमन्त्री लेखकलाई बचाउन ‘काँधै थाप्ने’ निर्णयमा कांग्रेस
सोमबार, जेठ १२, २०८२
गृहमन्त्री लेखकलाई भिजिट भिसा प्रकणमा जोडेर राजीनामा माग भइहरेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मोटो रकम उठाएर भिजिट भिसाको दुरूपयोग गरी मानिसलाई विदेश पठाउन सहजीकरण गर्ने गरेको सूचनापछि अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छापा मारेको थियो।
देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक बस्दै
सोमबार, जेठ १२, २०८२
समसमायिक राजनीतिक विषय तथा गृह मन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा विवादमा परेपछि देउवाले पदाधिकारी बैठक बोलाएका हुन्
क्रियाशिल सदस्यता टुङ्गाउन कांग्रेस पदाधिकारी बैठक बस्ने
आइतबार, जेठ ११, २०८२
सोमबार बिहान ९ बजे बूढानीलकण्ठसित देउवा निवासमा सो बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
काँग्रेसले पार्यो राजसंस्थाबारे स्पष्ट
बिहीबार, जेठ ८, २०८२
‘कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्थाबारे उहाँको धारणा भनी सञ्चार माध्यममा गलत सूचना सम्प्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य हो । उहाँले कहीँ कतै नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढंगले आमसञ्चारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरीत हो,’ विज्ञप्तिमा भनिएको छ ।
साताको लोकप्रिय

![प्रतिशोधपूर्ण व्यवहार भएको भन्दै कांग्रेसभित्र विरोध, नेताहरूले गरे नेतृत्वको आलोचना [भिडियो]](https://www.harsamaya.com/uploads/posts/600X450/congress-1752503199.jpg)