Harsamaya
सामूहिक राजीनामा दिने तयारीका साथ कांग्रेस मन्त्रीहरू आन्तरिक छलफलमा 
नेपाली कांग्रेस। 

काठमाडौं - नेपाली कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरू आन्तरिक छलफलमा जुटेका छन् । स्वास्थ मन्त्री प्रदीप पौडेलको निवासमा उनीहरू छलफल गरिरहेका छन्। 

पर्यटन मन्त्री बद्री पाण्डेको सचिवालयले दिएको जानकारी अनुसार कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी गरेका छन्। जसका लागि छलफल गर्न मन्त्रीहरू भेला भएको सचिवालयले बताएको छ ।

"केही बेरमा सामूहिक राजीनामा दिने तयारीसाथ छलफल भईरहेको हो," सचिवालयले भन्यो।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update