Harsamaya
कांग्रेसभित्र उठ्यो एमालेसँगको सत्ता समीकरण तोड्नुपर्ने आवाज
नेपाली कांग्रेसका नेताहरू ।

काठमाडौं - नेपाली कांग्रेसभित्र एमालेसँगको सत्ता सहकार्य तोड्नुपर्ने विषय उठेको छ । पार्टीको आज साँझ सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकमा नेताहरूले सो विषयमा कुरा उठाएका हुन्।

बैठकको सुरूवातमै कुरा राख्दै महामन्त्री विश्वप्रकाश शर्माले सरकारबाट बाहिरिनुपर्ने प्रेसर रहेको बताएका थिए। उनले कांग्रेसका शुभचिन्तक तथा सदस्यहरूले प्रेसर दिएकाले सत्ता सहकार्यबारे सोच्नुपर्ने धारणा राखेका थिए। 

यस्तै बैठकमा नेता विमलेन्द्र निधिले पनि एमालेसँगको सत्ता सहकार्य तोड्नुपर्ने र नयाँ समिकरण बनाएर अघी बढ्नुपर्ने धारणा राखेको एक नेताले बताए।

'अहिलेको सरकारबाट तत्कालै अलग हुनुपर्छ‚’ उनले भनेका थिए‚ ‘राष्ट्रिय तथा सर्वदलीय सरकार गठन गरौँ।’

जवाफमा सभापति देउवाले सात बुँदे सहमतिले समस्या पार्ने भन्दै सरकारबाट तत्काल निस्कन समस्या हुने धारणा राखेका थिए।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  २२:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update