गृहमन्त्री लेखकले कोइरालानिवास पुगेर बीपीले भाइ केशवलाई लेखेको पत्र पढे
बुधबार, वैशाख ३१, २०८२
‘सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन’
मंगलबार, वैशाख ३०, २०८२
‘फोटो खिचेको भरमा, टेलिफोन गरेको भरमा र कसैसंग भेटेको भरमा समाचार बन्न सक्ला तर यो सरकार पूरा अवधि टिक्छ । फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन । यो गठनबन्धन कांग्रेस एमाले बीचको सहमति अनुसार पुरा अवधि सरकार टिक्छ,’उनले भने ।
गृहमन्त्री लेखक र भाजपा नेता कोश्यारीबिच भेटवार्ता
शुक्रबार, वैशाख २६, २०८२
आतंकवाद विरुद्धको लडाइँमा नेपाल सधैँ साथमा रहने बताउँदै मन्त्री लेखकले छिमेकी देशहरू विरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गरे । मन्त्री लेखकले नेपाल–भारत बिचको सदियौँदेखिको मित्रवत् सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भारतीय जनता पार्टीका वरिष्ठ नेता कोश्यारीसित कुराकानी भएको बताए ।
रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले भने : कानुनको कार्यान्वयन गर्ने बाहेक सरकारको कुनै पूर्वाग्रह थिएन
बिहीबार, वैशाख २५, २०८२
उनले प्रभावितहरुलाई सरकारका तर्फबाट उपलब्ध गराईने सेवा सुविधा उपलब्ध गराईरहेको बताए । बाँकीको छिट्टै सम्पन्न गर्ने प्रक्रिया अघि बढाइएको छ ।
विपद् जोखिमको उद्धार र सीमा सुरक्षामा सशस्त्र प्रहरी अब्बल : गृहमन्त्री
शुक्रबार, वैशाख १९, २०८२
शुक्रबार बिहान मनाङमा आयोजित सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालयबाट प्रशिक्षित प्रशिक्षार्थीको दीक्षान्त समारोहमा बोल्दै गृहमन्त्री लेखकले हरेक स्थानमा हुने विपद् जोखिमको उद्धार र सीमा सुरक्षाका कारण सशस्त्र प्रहरी अब्बल बन्दै गएको बताएका हुन् ।
विपद्मा हामी सबै चनाखो बनौं : गृहमन्त्री (भिडियोसहित)
आइतबार, वैशाख १४, २०८२
गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबान जस्ता समस्या न्यूनीकरण गर्न बजेट भन्दा नीतिगत निर्णय गर्दा पुग्ने बताएका छन् ।
काँग्रेस र एमालेबीचको सम्बन्धमा कुनै समस्या छैन : गृहमन्त्री लेखक
शनिबार, वैशाख ६, २०८२
पछिल्ला समयमा संविधानका साथै संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी गतिविधिहरू देखा परिरहेको बताउँदै उनले संविधान विरोधी एवम् लोकतन्त्र विरोधी गतिविधि जनताले नरोज्ने स्पष्ट पारे ।
तीनकुने घटनामा संलग्नहरु धमाधम पक्राउ पर्दैछन् : गृहमन्त्री
शुक्रबार, चैत २९, २०८१
गृहमन्त्री रमेश लेखकले राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा तोडफोड र आगजानीलगायतका घटनामा संलग्नहरुलाई पक्राउ गर्ने क्रमजारी रहेको बताएका छन् ।
चैत १५ को घटनाबारे संसदीय समितिले गृहमन्त्रीसँग छलफल गर्दै
शुक्रबार, चैत २९, २०८१
कानुन, न्याय तथा मानव अधिकार समितिले गृह मन्त्री लेखकसँग चैत १५ गते भएको राजावादीहरूको प्रदर्शनका बारेमा सोधपुछ गर्ने भएको हो ।
गृहमन्त्रीले लिए घाइते रेविका खत्रीको स्वास्थ्य अवस्थाबारे जानकारी
बुधबार, चैत २७, २०८१
गृहमन्त्री रमेश लेखकले गत चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएकी रेविका खत्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
समाजवादी मोर्चालाई गृहमन्त्रीको धन्यवाद, राजावादीहरु ‘उच्छृंखल र अमानवीय’
शुक्रबार, चैत २२, २०८१
साथै उनले चैत १५ गते जस्तो आपराधिक गतिविधिमा सुरक्षा निकाय संयम नभएको भए अझ ठूलो क्षति हुने बताए । उनले अराजकता फैलाएर संविधान समाप्त पार्ने गतिविधि भएकोमा आफू स्पष्ट रहेको बताए ।
शिक्षकहरुका माग सम्बोधन गर्नेगरी अघि बढेका छौं : गृहमन्त्री लेखक
बिहीबार, चैत २१, २०८१
उनले भने, ‘अहिले पनि शिक्षक महासंघले आफ्ना विषयमा सरकारको ध्यानाकर्षण गर्नको लागि प्रदर्शनहरू गरि राख्नु भएको छ । त्यसकारण अहिले कार्यवाहक प्रधानमन्त्रीको संयोजकत्वमा शिक्षकहरूका सरोकार, ध्यानाकर्षण गराउनु भएका विषयहरू र उहाँहरूले गर्नु भएको प्रदर्शनलगायतलाई मूल्याकंन गरेर शिक्षा विधेयकलाई छिटोभन्दा छिटो अगाडि बढाउने सन्दर्भमा छलफल गरेका छौं । छलफल सकारात्मक भएको...
आन्दोलन गरेर फालिसकेको राजसंस्था फर्किदैन - गृहमन्त्री लेखक
आइतबार, फागुन २५, २०८१
उनले मुलुकमा विकल्पका रूपमा राजतन्त्र हुन सक्छ भन्ने भ्रममा नबस्न पूर्व राजालाई सुझाव समेत दिए । गृहमन्त्री लेखकले केही मानिसले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्ने फैलाएको भ्रममा पूर्व राजालाई हौसिन आवश्यक नरहेको जिकिर गरे ।
साताको लोकप्रिय

