पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायमै, यी चार प्रदेशमा वर्षा
सोमबार, वैशाख २९, २०८२
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । कोशी प्रदेश ,गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
आजको राशिफल : सफलता, प्रेम र स्वास्थ्यको संगम आजको दिनमा
सोमबार, वैशाख २९, २०८२
आज २०८२ वैशाख २९ गते सोमबार। आज नेपालमा सूर्योदय बिहान ०५ः१९ मा भएको छ, सूर्यास्त साँझ ०६ः४३ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जाैकाे सातु खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।
प्रधानमन्त्री कर्णालीको मार्सी चामल चाखेको कुरा गर्दा संसदमा हाँसो
आइतबार, वैशाख २८, २०८२
‘कर्णाली अहिले धेरै विकास भएको छ, त्यहाँ उत्पादित मार्सी चामालको भात मैले नि खाएको माननीयज्यूहरू जानकार नै हुनुहुन्छ’ भने पछि संसदमा हाँसोको फोहोरा उठेको हो ।
सगरमाथा संवादका लागि भारतले दियो नेपाललाई १५ विद्युतीय सवारीसाधन
आइतबार, वैशाख २८, २०८२
मित्रता र सद्भावनाको संकेतस्वरूप नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई १५ वटा विद्युतीय सवारी साधन हस्तान्तरण गरेका हुन् ।
तीनकुने घटनामा शिवसेनाका अध्यक्ष पक्राउ
आइतबार, वैशाख २८, २०८२
प्रहरीले अदालतको पक्राउ पुर्जी बोकेर सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसमा आए पछि उनी पक्राउ परेको रमा सिंहले जानकारी दिइन् ।
सूचनाको हकमा ‘भागबण्डा संस्कृति’: पुरस्कार वितरणमा आयोग विवादमा
आइतबार, वैशाख २८, २०८२
सूचनाको हकका लागि राष्ट्रिय महासंघका पदाधिकारीहरूका अनुसार, आयोगका पदाधिकारीहरू जसको पृष्ठभूमि पत्रकारितामै केन्द्रित छ उनीहरूले आफ्नो पहुँचमा रहेका व्यक्तिलाई पुरस्कृत गरेर निष्पक्षताको मर्यादा तोडेका छन्। उनीहरूले आरोप लगाउँदै भने, ‘सूचना माग्न पत्रकार नै हुनुपर्छ भन्ने धारणा स्थापित गर्न खोजिएको छ, जुन ऐन २०६४ को मर्म विपरीत हो।’
ठूला केदार धामको महायज्ञका लागि पूर्वमन्त्री आलेले गरे एक लाख ११ हजार सहयोग
आइतबार, वैशाख २८, २०८२
सुदूरपश्चिम प्रदेश भरीकै ठुलो एवं महत्त्वपूर्ण प्राकृतिक, धार्मिक तथा अलौकिक शक्तिले सु–प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिकेदार धाम शक्तिपीठ (ठुला केदार) स्थलमा सञ्चालनमा रहेको महायज्ञका लागि उक्त रकम प्रदान गरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।
मुग्लिङ नारायणगढ सडकमा ट्रक पल्टिँदा सडक दुवैतर्फ अवरुद्ध
आइतबार, वैशाख २८, २०८२
वीरगन्जबाट काठमाडौं आउँदै गरेकाे मधेश प्रदेश ०३–००१ ख ९८१७ नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकमा पल्टँदा हाल दुवै तर्फ बाटो अवरोध भएको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक प्रतीक सिंहले बताए। प्रहरीका अनुसार कुनै मानवीय क्षति भएको छैन ।
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने
आइतबार, वैशाख २८, २०८२
राष्ट्रपतिले वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रस्तुत गरेको सरकारको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम लाई आज प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ ।
चेलीबेटी बिक्री गर्ने पक्राउ
आइतबार, वैशाख २८, २०८२
मुम्बईमा रिता तामाङ नाम गरेकी नेपाली महिलाले सञ्चालन गरेको ७ नम्बर कोठीमा लगेर बालिकालाई तामाङले बिक्री गरेको प्रहरी कार्यालयले जनाएको छ। ती चेलीले सात वर्षसम्म जबरजस्ती वेश्यालयमा काम गरेको प्रहरीलाई बयान दिएकी छिन् । त्यसै क्रममा क्षयरोग रोग लागेपछि २०५१ साल माघमा ती चेली आफ्नै घर सिन्धुपाल्चोक फर्किएकी थिइन् ।
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, मधेस प्रदेशमा हावाहुरीकाे सम्भावना
आइतबार, वैशाख २८, २०८२
सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग् सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको...
आजको राशिफल : भाग्य चम्किने दिन !
आइतबार, वैशाख २८, २०८२
आज २०८२ वैशाख २८ गते आइतबार। आजको दिनको सुरुवात सकारात्मक ऊर्जा र आशाका साथ गर्नुहोस्। ग्रहहरूको चालले अधिकांश राशिहरूमा नयाँ अवसर र आत्मिक सन्तोष ल्याउने संकेत गरेका छन्।
जिप दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु
शनिबार, वैशाख २७, २०८२
गाइघाटमा पिकअप जिप दुर्घटनामा हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ । शनिबार गाईघाटबाट विराटनगर जाने क्रममा सुनसरीको दुहबी नगरपालिका–३ को फुटनी चोकमा दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत ३० वर्षीय विरोध खतिवडाको मृत्यु भएको हो ।
साताको लोकप्रिय

