Harsamaya
नेसनल प्याब्सनको कार्यालय उद्घाटनसँगै  एक दिवसीय इसीडी तालिम सम्पन्न 

झापा - नेसनल प्याब्सन झापा जिल्ला समितिले झापाको बिर्तामोडमा एक दिवसीय पूर्वप्राथमिक शिक्षा (ईसीडी) तालिम सहित नयाँ कार्यालयको उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नेसनल प्याब्सनका निवर्तमान अध्यक्ष तथा सङ्गठन विभाग प्रमुख पाण्डव हमाल ठकुरीले  बालबालिका लक्षित कार्यक्रमलाई प्राथमिकता दिँदै अहिलेको २१ औँ शताब्दीमा युग सुहाउँदो शिक्षा अहिलेको आवश्यकता रहेको बताए ।   

महासचिव प्रतापबहादुर थापाले संस्थागत शिक्षाको गुणस्तर अभिवृद्धिमा यस्ता तालिमहरू महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे । उनले आफ्नो सम्बोधनमा काठमाडौँ विश्वविद्यालय (केयू) सँगको सहकार्यमा नेसनल प्याब्सनले पूर्व प्राथमिक तहका बालबालिकाका लागि विशेष पाठ्यक्रम निर्माण गरिसकेको जानकारी दिए। सो पाठ्यक्रम सबै सदस्य विद्यालयहरूमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न संस्थागत रूपमा नेसनल प्याब्सन प्रतिबद्ध रहेको स्पष्ट पारे ।

तालिमको प्रशिक्षण नेसनल प्याब्सनकी केन्द्रीय सदस्य तथा प्री– स्कुल समिति सदस्य निता श्रेष्ठले दिएकी थिइन् । तालिममा झापा जिल्लाका ३० वटा विद्यालयहरूबाट ११५ जना शिक्षक / शिक्षिकाहरूले सहभागीता जनाएका थिए ।

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update