पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं - पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । उनको शनिबार साँझ हृदयाघातका कारण नर्भिक अस्पतालमा निधन भएको हो ।
उनी २०६९ साल चैत ११ गतदेखि २०७५ साल चैत १० गतेसम्म निर्वाचन आयोगको आयुक्त पदको जिम्मेवारीमा रहेकी थिइन् ।
उनले लामो समयसम्म द राइजिङ नेपालमा पनि काम गरेकी थिइन् । पछिल्लो समय उनी सिटिजन्स बैंक इन्टरनेसनलको डाइरेक्टर समेत रहेकी थिइन् ।
उनले व्यापार, अर्थशास्त्र र वातावरण क्षेत्रमा समेत एक दशकभन्दा बढी योगदान दिएकी थिइन्। उनको दाहसंस्कार भोलि गरिने जनाइएको छ । उनका दुई छोरी रहेका छन्।
प्रकाशित मिति: शनिबार, असार २८, २०८२ २२:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय