भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको छ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्तीका अवसरमा शुभकामना दिएका छन् ।आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले आदिकविले नेपाली मनमा रामायण रोपेर गएको बताए । उनले लेखेका छन् ,आज आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती ।
आदिकवि, जसले नेपाली मनमा रामायण रोपेर जानु भयो, नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नु भयो । नेपाली भाषामा आदि लेखन थालनी गर्नु भएका भानुभक्तप्रति नमन, स्रष्टाहरूलाई भानु जयन्तीको हार्दिक शुभकामना ।’
प्रकाशित मिति: आइतबार, असार २९, २०८२ ०८:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय