Harsamaya

कैलाली - कोही नहुनेको भगवान् हुन्छन् भन्ने त हामीले सुनेका थियौं । तर, कैलालीको लम्कीचुहामा भने कोही नहुनेको स्थानीय सरकार साथमा भएको छ । लम्कीचुहा नगरपालिकामा मेयर सुशिला शाही बेवारिसेहरूको आफन्त बनेकी छिन् । 

 उनले नगरपालिकामा रहेको बेवारिसे शवको अन्त्येष्टि गरेकी छिन् । शनिबार शाहीले शवको अन्त्येष्टि गरेकी हुन् । 

शाहीले समाजमा कोही नहुने, बेवारिसे अवस्थामा रहेका मृत व्यक्तिहरूको अन्त्येष्टि आफ्नै नेतृत्वमा गरेकी हुन् । ‘जसको कोही छैन, त्यसको हामी छौँ’—उनले भनिन् ।

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update