Harsamaya
गण्डकी प्रदेशमा ६५ सवारीसधान चोरी, १७ मात्र भेटिए
गण्डकी प्रदेशमा ६५ सवारीसधान चोरी, १७ मात्र भेटिए हराएका या चोरी भएका कूल ६५ सवारी साधनमध्ये १७ वटा हालसम्म फेला परेका छन् । हराएका मध्ये १ चार पाङ्ग्रे र १६ दुई पाङ्ग्रे गरी १७ वटा सवारी साधन मात्र फेला परेको हो । ४८ वटा सवारी साधन अझै खोजतलासको क्रममा रहेका छन् । 
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल 
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल  आकाशमा ग्रहहरूको संकेतले आज धेरैको जीवनमा सकारात्मक ऊर्जा भरिदिनेछ। हेर्नुहोस् तपाईंको राशिमा के छ आजको विशेष सन्देश ।
आजको मौसमः पहाडी भूभागमा आंशिक बदली, केही प्रदेशमा वर्षा र हिमपात
आजको मौसमः पहाडी भूभागमा आंशिक बदली, केही प्रदेशमा वर्षा र हिमपात जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 
काठमाडौंमा मापसे जाँचमा कडाइ
काठमाडौंमा मापसे जाँचमा कडाइ भाइटीकाको दिन काठमाडौं उपत्यकाभर सवारी चालकले मादक पदार्थ सेवन गरी गाडी चलाएको वा नगरेको विषयमा सयौँ सवारीसाधनका चालकको परीक्षण गरिएको प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले बताए । 
लगाइयो भाइटीका, सकियो यसवर्षको तिहार
लगाइयो भाइटीका, सकियो यसवर्षको तिहार दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइएको थियो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी नहुनेहरु भाईटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।
छठ पर्वको तयारी धमाधम
छठ पर्वको तयारी धमाधम सूर्य तथा छठीमाताको पूजाका लागि जलेश्वर नगरपालिका–८ स्थित पाठक पोखरीको बीचमा बाँस र काठको प्रयोग गरेर मन्दिर निर्माण, मन्दिरमा पुग्नका लागि पानीमै तैरिने बाँसको बाटो निर्माण गरिँदै छ । पाँच सय मिटरसम्म गुफाबाला पंडाल, विभिन्न साजसज्जा र बत्ती जडान गरिरहेको छठ पूजा समितिका संयोजक केशव झाले जानकारी दिए ।
दार्चुलामा जात्राको रौनक सुरु
दार्चुलामा जात्राको रौनक सुरु जिल्लाको सबैभन्दा ठूलो शैल्यशिखरमा त्रयोदशीको दिन र मालिकार्जुन जात्रा चतुर्दशीमा सकिन्छ । यहाँको लेकाली क्षेत्रमा दसैँतिहारभन्दा जात्रालाई बढी महत्त्व दिइन्छ । आजको दिन भाइटीका लगाएपछि जात्रा लाग्ने गर्छ ।
बादी बस्ती: तिहार आयो तर रौनक आएन
बादी बस्ती: तिहार आयो तर रौनक आएन बस्तीकी वृद्धा शान्ति कुमाल अहिले आफ्ना नाती–नतिनाको हेरचाह गर्दै आएकी छन् । उनका छोरा र बुहारी भारतमा मजदुरीका लागि गएका छन् महिना भइसकेको छ । “तिहारमा फर्कन्छु भनेका थिए, तर तलब नपाउँदा आउनै सकेनन्,” उनले भनिन् । 
राष्ट्रपति पौडेलबाट शुभसाईतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण
राष्ट्रपति पौडेलबाट शुभसाईतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाएका छन् ।
भाईटीका : दाजुभाइबीचको पवित्र प्रेम, सद्भाव र वैदिक संस्कृतिको पर्व (भिडियोसहित)
भाईटीका : दाजुभाइबीचको पवित्र प्रेम, सद्भाव र वैदिक संस्कृतिको पर्व (भिडियोसहित) यमपञ्चकको अन्तिम दिन मनाइने भाईटीका पर्व आज देशभर उत्साह, उमङ्ग र प्रेमसाथ मनाइँदैछ ।
दिदीबहिनी र दाजुभाइ नहुनेका लागि आज रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला
दिदीबहिनी र दाजुभाइ नहुनेका लागि आज रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिन मात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुने भाइटिकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।
यमद्वितीयमा बाँकेका मधेशी महिलाद्वारा ‘भुर्की पूजन’
यमद्वितीयमा बाँकेका मधेशी महिलाद्वारा ‘भुर्की पूजन’ आज भाइटिकाको मुख्य साइतमा नै भुर्की पूजनको कार्य गरिने अवधी साहित्यकार विष्णुलाल कुमालले बताए । घरको आँगनमा गाईको गोबरले लिपपोत गरी भाइको चित्र कोरेर, नदी तलाउ, पर्वत, बाघ, भालु, सर्प, वन जगङ्लको चित्र बनाएर कुशलगायत विभिन्न काँडा राखी त्यसमाथि सिलौटा राखेर पूजा गर्ने प्रचलन छ ।
Weather Update