Harsamaya
जनकपुरधामका विद्यालयहरू थप ३ दिन बन्द

जनकपुर - जनकपुरधामका सम्पूर्ण सबै सामुदायिक विद्यालयहरू थप ३ दिनका लागि बन्द गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाले आज एक सुचना जारी गर्दै पुस २२ गत्ते सम्मका लागि विद्यालयहरू बन्द रहने जानकारी गराएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाडौंबाट अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन भनी सूचना जारी भएअनुसार बाक्लो हुस्सु तथा सित लहरका कारण बाल बालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्ने हुँदा विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको सूचनामा उल्लेख रहेको छ । उक्त बिदा जाडो बिदाबाट कट्टा पनि सूचित गरिएको छ ।

विगत १ हप्तादेखि जनकपुरधामसहित धनुषाभर चिसो बढेर घर बाहिर निस्कन समेत गाह्रो भएको छ ।

 

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  २०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update