Harsamaya

काठमाडौं - पछिल्लो समय पुराना भनिएका राजनीतिक दलहरूप्रति विश्वास लाग्न छाडेको युवाहरूले प्रतिक्रिया दिएका छन् । जेनजी आन्दोलनपछि अब नयाँ राजनीतिक दललाई अवसर दिनुपर्ने उनीहरूको धारणा छ ।  देशलाई नयाँ सोच, नयाँ अनुहार र वास्तविक विकासको खाँचो भएकाले पुराना दलबाट सम्भव नभएको उनीहरूको धारणा छ ।

वसन्तपुरमा पसलमा काम गर्दै आएका नारायण हुँमागाईंले राजनीति भद्रगोल जस्तो बनेको बताउँदै पुराना दलको काम जनताले देखिसकेको उल्लेख गरे । उनले जेनजी आन्दोलनपछि नयाँ शक्तिलाई सत्तामा ल्याउनुपर्ने र एकपटक नयाँ दललाई पालो दिनुपर्ने बताए । चुनावको अन्योल र कमजोर शासन प्रणालीले जनताको भरोसा घटाएको उनको भनाइ छ ।

त्यस्तै अर्का जेनजी सुजन तामाङले भने नेतादेखि जनता सबै लथालिङ्ग अवस्था रहेको प्रतिक्रिया दिए । नेताहरूले माइकको अगाडि गर्ने व्यवहार र पछिबाट काम गर्नु धेरै फरक भएको बताए । त्यस्तै उनले देशको विकासको लागी हामी जेनजीले नै सपोर्ट गर्नुपर्ने बताए ।
त्यस्तै जेनजी युवा मनोज चौधरीले पनि वर्षौँदेखि एउटै नेतृत्व दोहोरिँदा विकास हुन नसकेको बताए । नेताहरूको बोली र व्यवहार फरक हुने, कानुन कमजोर भएको र परिवर्तन नआएको उनीहरूको निष्कर्ष छ । आउँदो निर्वाचनमा सक्षम नयाँ पुस्तालाई अवसर दिनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  २०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update