Harsamaya
सिन्धुपाल्चोकमा बख्रेल प्रमुख निर्वाचन अधिकृत नियुक्त 

काठमाडौं - निर्वाचन आयोगले सिन्धुपाल्चोकका लागि प्रमुख निर्वाचन अधिकृत तोकेको छ । आयोगले आइतबार जिल्ला न्यायाधीश रिता कुमारी बख्रेललाई प्रमुख निर्वाचन अधिकृत तोकेको हो ।

यसै गरी निर्वाचन अधिकृत उपसचिव राजेश कुमार थापालाई तोकेको छ । उनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत छन् । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकेको छ । आयोगले निर्वाचनको तयारी तीव्र बनाएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  २२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update