एनसीसी अमेरिकाको सहमति कार्यान्वयन गराउन आरसी पराजुलीले गरे अपिल
बुधबार, असार ३२, २०८२
सहमतिअनुसार दुवै एनसीसीले अमेरिकाको पोर्टलमा सदस्यता खुलाउने, नवीकरण गर्ने र सबैलाई समेटेर एकताको महाधिवेशन गर्ने प्रतिबद्धता जनाएका छन् । पराजुलीले दुवै एनसीसीका अध्यक्षहरूसँग निरन्तर छलफल भइरहेको बताउँदै कानुनी निर्देशन र सहमति पालना गर्नु सबैको कर्तव्य भएको उल्लेख गरेका छन् ।
मुख्यमन्त्री सिंह र खानेपानी मन्त्री प्रदीप यादवबिच भेटवार्ता, खानेपानी समस्या समाधानको लागि अभियानकै रूपमा काम गर्ने सहमति
बुधबार, असार ३२, २०८२
संघीय र प्रदेश सरकारका संयन्त्रहरूलाई संयुक्त रूपमा परिचालन गर्दै खानेपानी संकट अन्त्यका लागि क्रियाशील गर्ने कार्य सुरु भएको छ । संघीय र प्रदेश सरकारले भएका साधन स्रोतको अधिकतम प्रयोग गरी खानेपानी समस्या समाधान गर्ने र खानेपानीसँग सम्बन्धित सशर्त योजनाहरूलाई तत्काल कार्यान्वयन गरिने गरी काम अगाडी बढाइनेछ ।
चारवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
बुधबार, असार ३२, २०८२
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक नीति अध्ययन उपसमितिले राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदन समिति समक्ष पेस गर्नेछ । बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूचीमा उल्लेख छ ।
देशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशमा भारी वर्षा
बुधबार, असार ३२, २०८२
देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशको केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आजको राशिफल : कुन राशिका लागि आजको दिन कस्तो ?
बुधबार, असार ३२, २०८२
याँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ, प्रगति हुनेछ। काममा लगानी बढाउने समय छ । प्रयास गर्दा रोकिएका कामहरू सफल हुनेछन् । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । घरायसी काममा रुचि बढ्नेछ ।
कालिकोटमा सडक डिभिजन कार्यालयको डोजर तोडफोड
मंगलबार, असार ३१, २०८२
कालिकोट जुपिथाका ५/६ जना युवालाई कालिकोटको गाल्जेमा रहेको प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार घटनाको थप आवश्यक अनुसन्धान भइरहेको छ ।
ड्रिल गर्ने क्रममा करेन्ट लागेर मजदुरको मृत्यु
मंगलबार, असार ३१, २०८२
दिउँसो करिब १२:५० बजेको समयमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते सरोज थारुलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो ।
बिपी राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध, खुलाउने प्रयास जारी
मंगलबार, असार ३१, २०८२
वर्षा लागेसँगै बाढी र लेदोले बिपी राजमार्ग पटक पटक अवरुद्ध हुँदै आएको छ । वर्षाका कारण माथिबाट लेदो सहितको बाढी आउँदा सडक अवरुद्ध हुने गरेको छ । गएको असोज महिनामा आएको बढी पहिरोले सो सडकको रोशी खोला क्षेत्रमा ठुलो क्षति पुर्याएको छ ।
कस्तो रह्यो परराष्ट्र मन्त्रीको एक वर्षे कार्यकाल ?
मंगलबार, असार ३१, २०८२
विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिताका साथै द्विपक्षीय एवं बहुपक्षीय भेटवार्ताहरूमा मन्त्री राणाले नेपालका राष्ट्रिय एजेन्डाहरू राख्नुका साथै राष्ट्रिय स्वार्थका पक्षमा वकालत गरिरहेकी छन् ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
मंगलबार, असार ३१, २०८२
आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३८ रुपैयाँ, आलु रातो प्रतिकिलो ४३ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ कायम भएको छ ।
राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबारदेखि हुदैँ
मंगलबार, असार ३१, २०८२
चेसलाई प्रवर्द्धन र विकास गर्ने उद्देश्यले स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट र एड्भान्स गरी ५ वटा कोर्समा १ सय बढीलाई थापाथलीस्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइरहेको छ ।
घुस काण्डमा मुछिएका मन्त्री मन्त्रिपरिषद् बैठकमा सहभागी भएपछि डा. शेखरको असन्तुष्टि
मंगलबार, असार ३१, २०८२
उनले लेखेका छन् ‘यस्तै रहेछ यहाँको चलनः मन्त्रीक्वाटरमा बिहानै आएर विचौलियाले घुसको व्रिफकेस छाड्छन्, आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रिपरिषद् बैठकमा भाग लिन्छन्। सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्छन् तथा गठबन्धनका सहयात्री हामी नेपाली काँग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौँ ’।
काठमाडौं जेभियर पब्लिक बास्केटबल आजदेखि
मंगलबार, असार ३१, २०८२
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार खर्च हुने काठमाडौं जेभियरका बास्केटबल प्रशिक्षक विकास बोटेले बताए । हाल जापानमा रहेका काठमाडौं जेभियरकै पूर्व विद्यार्थी सन्जिव मगरले पनि प्रायोजन गर्ने संस्थापक प्रिन्सिपल अधिकारीले बताए ।
साताको लोकप्रिय

-1752632644.jpg)