Harsamaya
चितवनमा गैँडाको आक्रमणबाट मृत्यु
प्रतिकात्मक तस्विर ।

भरतपुर - चितवनमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । सोमबार अपरान्ह चितवनको भरतपुर महानगरपालिका १२ स्थित रामबेल सामुदायिक वनको कालिमाटी घोल नजिक घाँसदाउरा काट्न गएका बेला सोही स्थानका ५६ वर्षीय बाबुकाजी क्षेत्रीलाई गैँडाले आक्रमण गरेको थियो । 

 जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार निजको घटनास्थलमै  मृत्यु भएको हो ।

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update