Harsamaya
गैरीगाउँस्थित काठ गोदाममा आगलागी 
काठमाडौँको गैरीगाउँस्थित एक काठ गोदाममा भीषण आगलागी ।

काठमाडौं - काठमाडौँको गैरीगाउँस्थित एक काठ गोदाममा भीषण आगलागी भएको छ । 

ईश्वर कार्कीले सञ्चालन गरेको काठ गोदाममा भीषण आगलागी भएको हो । काठ गोदामबाट सल्किएको आगोले नजिकै रहेको लोयला स्कुलमा समेत क्षति पुगेको छ । 

काठमाडौं, ललितपुर र भक्तपुरका साथै बिमानस्थल, सुरक्षा निकायको दमकल र पानी ट्यांकरले आगलागी नियन्त्रणमा लिएको थियो । त्यस्तै आगलागी नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र काठमाडौं महानगरका नगर प्रहरी परिचालन गरिएको थियो । 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले काठको गोदामबाट आगलागी सुरु भएको र नजिकै रहेको एक विद्यालयमा समेत क्षति पुगेको बताए । 

आगलागीको कारण र क्षतिको पूर्ण बिबरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update