Harsamaya
संविधानभन्दा पछाडि फर्कने कुनै पनि प्रयास नगर्न मुस्लिम संघको माग
संविधानभन्दा पछाडि फर्कने कुनै पनि प्रयास नगर्न मुस्लिम संघको माग मुस्लिम संघले देशलाई शान्ति र पुनर्निर्माणको दिशामा अगाडि बढाउन सबै पक्षलाई एकजुट हुन आग्रह गरेको छ। संघले वार्ता र संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिँदै राष्ट्रपतिले चालेको पहललाई स्वागत गरेको छ ।
दमनविरुद्धको छानबिन र संसद विघटन  नभए  प्रधानमन्त्री नबन्ने कार्कीकी अडान
दमनविरुद्धको छानबिन र संसद विघटन नभए प्रधानमन्त्री नबन्ने कार्कीकी अडान राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलसँग भएको छलफलमा कुरा नमिलेपछि कार्की शीतलनिवासबाट बाहिरिएकी  छिन्। आफ्नो यी सर्त पूरा  गरी  आन्दोलनरत पक्षलाई समेत मनाएपछि जिम्मेवारी सम्हाल्न तयार रहेको बताउँदै  बार्ताका नाममा शीतलनिवास नबोलाउन पनि भनेकी छिन् । 
अस्पतालमा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो, घाइतेको उपचार जारी
अस्पतालमा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो, घाइतेको उपचार जारी स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटाले हालसम्म देशभरमा ३६ जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार हाल देशभरिका विभिन्न ५२ अस्पतालमा २८४ जना घाइतेको उपचार भइरहेको र समग्रमा एक हजार ७ सय ७१ जना घाइतेको उपचार गरिएको छ ।
अस्पतालमा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो, घाइतेको उपचार जारीः स्वास्थ्य मन्त्रालय 
अस्पतालमा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो, घाइतेको उपचार जारीः स्वास्थ्य मन्त्रालय  स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटाले हालसम्म देशभरमा ३६ जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार हाल देशभरिका विभिन्न ५२ अस्पतालमा २८४ जना घाइतेको उपचार भइरहेको र समग्रमा एक हजार ७ सय ७१ जना घाइतेको उपचार गरिएको छ ।
अस्पतालमा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो, घाइतेको उपचार जारीः स्वास्थ्य मन्त्रालय 
अस्पतालमा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो, घाइतेको उपचार जारीः स्वास्थ्य मन्त्रालय  स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटाले हालसम्म देशभरमा ३६ जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार हाल देशभरिका विभिन्न ५२ अस्पतालमा २८४ जना घाइतेको उपचार भइरहेको र समग्रमा एक हजार ७ सय ७१ जना घाइतेको उपचार गरिएको छ ।
प्रहरी प्रभाग पुनः स्थापनामा जुटे स्थानीय, संयुक्त टोली बनाएर धमाधम सरसफाइ
प्रहरी प्रभाग पुनः स्थापनामा जुटे स्थानीय, संयुक्त टोली बनाएर धमाधम सरसफाइ सोही क्रममा कोटेश्वर ट्राफिक प्रहरी प्रभागमा कार्यरत प्रहरी निरीक्षक सूर्य प्रसाद पौडेलले स्थानीय क्लब, वडा र स्थानीयको संयोजकत्वमा संयुक्त टोली बनाएर सरसफाइ गरिरहेको बताए ।
बाजुरामा लगाईएको कफ्र्यु खुकुलो पारियो
बाजुरामा लगाईएको कफ्र्यु खुकुलो पारियो बाजुरामा लगाइएको कफ्र्यु खुकुलो पारिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलका अनुसार यहि भदौ २५ गते लगाइएको कफ्र्यु क्रमश खुकुलो पारिएको बताए ।
पूर्वप्रधानन्यायाधीश कार्कीलाई तुरुन्तै गर्न सकिने व्यावहारिक कदमहरू चाल्न एमाले नेता बस्नेतको सुझाव
पूर्वप्रधानन्यायाधीश कार्कीलाई तुरुन्तै गर्न सकिने व्यावहारिक कदमहरू चाल्न एमाले नेता बस्नेतको सुझाव उनले हालको विनाशकारी आन्दोलनपछि देशले नेतृत्व र न्याय दुवै खोजिरहेको बेला जनताले कार्कीलाई अगाडि ल्याएको भन्दै पुनर्निर्माण र न्यायका लागि काम गर्न अपिल समेत गरेका छन् । 
यातायात सञ्चालनमा ल्याउन ट्रक व्यवसायीको अपील
यातायात सञ्चालनमा ल्याउन ट्रक व्यवसायीको अपील महासङ्घले कानुनसम्मत रूपमा कर तिर्ने र रोजगारी सिर्जना गर्ने यातायात व्यवसायीलाई राज्यले पूर्ण कानुनी सुरक्षा दिनुपर्ने माग गरेको छ। साथै आन्दोलनका कारण दैनिक नोक्सानी व्यहोर्न बाध्य भएको यस क्षेत्रमा राहत र क्षतिपूर्ति सम्बन्धी व्यवस्था तत्काल गर्नुपर्ने जोड दिएको छ।
नयाँ बन्ने प्रधानमन्त्रीलाई स्वागतको तयारी गर्न गृह मन्त्रालयलाई निर्देशन
नयाँ बन्ने प्रधानमन्त्रीलाई स्वागतको तयारी गर्न गृह मन्त्रालयलाई निर्देशन जेनजीको माग अनुसार अन्तरिम सरकारको नेतृत्व पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा ठुला दल र राष्ट्रपतिबिच सहमति भएको छ ।  यद्यपि संविधानले तोकेको प्रक्रिया कसरी पूरा गर्ने भन्ने विषयमा निकास भने निस्किसकेको छैन । 
भरतपुर कारागारबाट भागेका ५४ कैदी बन्दी आफैं फर्किए
भरतपुर कारागारबाट भागेका ५४ कैदी बन्दी आफैं फर्किए बुधबार बिहान नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले घेरा हाल्दासमेत कैदी बन्दी निस्किन सफल भएका थिए । कारागार प्रमुख रविन्द्र ढुङ्गानाका अनुसार, फोन सम्पर्कपछि कैदीहरू फर्किन थालेका हुन् ।
तनहुँमा दुई महिला मृत फेला
तनहुँमा दुई महिला मृत फेला जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास–३ देउराली नगरस्थित सेती नदीमा अन्दाजी ५५/६० वर्षीया वृद्धा र व्यास–१ तालघरेस्थित बुल्दी खोलामा अन्दाजी ३०/३५ वर्षीय महिला मृत अवस्थामा भेटिएका हुन् ।
Weather Update