भीमफेदी कुलेखानी सडकमा बोलेरो दुर्घटना हुँदा सहचालकको मृत्यु, दुई घाइते
हेटौँडा - हेटौँडाबाट काठमाडौँ आइरहेको बोलेरो गाडी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । चालकसहित २ जना घाइतेको काठमाडौँमा उपचार जारी छ । राति १ बजे सर्लाहीबाट काठमाडौं आउँदै गरेको कुखुरा बोकेको बोलेरो ब्रेक फेल भएर दुर्घटना भएको हो ।
दुर्घटनामा सर्लाही, बरहथवा–१ का चालक २५ वर्षीय रामवली साह, यही ठाउँका सहचालक १७ वर्षीय रोहन मण्डल र १६ वर्षीैय छोटे पासवान घाइते भएका थिए । मकवानपुरको ईन्द्रसरोवर–२ सिमखोला पुल नजिकै भीमफेदी कुलेखानी काठमाडौं सडकमा बोलेरो ब्रेक फेल भएर सडकबाट तल खोल्सामा झरेको थियो ।
उपचारको क्रममा गम्भीर घाइते मण्डलको काठमाडौँ मेडिकल कलेजमा बिहान ४ः४५ बजे मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । २ जनाको यही अस्पतालमा उपचार जारी छ ।
प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२ ०७:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

