Harsamaya
सवारी दुर्घटनामा एकको मृत्यु
सांकेतिक तस्विर: हर समय/Har Samaya

इलाम - इलामको देउमाईमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जितपुरबाट मङ्गलबारेतर्फ गइरहेको अटो  देउमाई नगरपालिका–३  पानीटार चियाबारी नजिक आज बिहान दुर्घटना भएको हो । 

देउमाई नगरपालिका ५ धुसेनीका १८ वर्षीय युनिश लुइँटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीले जानकारी दिए । गम्भीर घाइते भएका निजको अस्पताल पुर्याउने क्रममा बाटामा मृत्यु भएको हो ।   
 

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update