काठमाडौं - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई भू-भागका केही स्थानहरूमा तुवाँलो लागेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागी बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मेघ गर्जन चट्याङ सहित मध्यम हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । यता गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन चट्याङ सहित असिनाको समेत सम्भावना रहेको छ ।,

