Harsamaya
आज वसन्त पञ्चमी अर्थात सरस्वती पूजा
ग्राफिक्स : हर समय/Har Samaya

काठमाडौं - आज श्रीपञ्चमी अर्थात सरस्वती पूजा । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा देशभर विद्याकी देवी सरस्वतीको पूजा गरिँदै छ । वसन्त ऋतुको सुरुआत हुने भएकाले वसन्त पञ्चमीसमेत भनिने यस दिन सरस्वतीको पूजा गर्दा बुद्धि बढ्ने विश्वास छ । 

आज देशभरका सरस्वती मन्दिरमा श्रद्धालुको भीड लाग्ने गरेको छ । विद्यालय पठाउने उमेर पुगेका बालबालिकालाई आजकै दिनदेखि  अक्षरारम्भ गराउने चलन पनि छ । 

आजको दिन आफैँमा शुभ हुने भएकाले विवाह, व्रतबन्धलगायत सबै प्रकारका सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने बताइन्छ । 

उपत्यकाका मैतीदेवी, गैह्रीधारास्थित नीलसरस्वती, स्वयम्भू, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वती मन्दिरमा बिहानैदेखि पूजाआजा भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  ०७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update