धनुषामा फस्टाउँदै अवैध देह व्यापार : लज सञ्चालकसहित तीन जोडी पक्राउ
मंगलबार, भदौ ३, २०८२
जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय ढल्केबरको संयुक्त टोलीले सोमबार साँझ धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ७ स्थित दुईवटा होटलमा छापा मारेको छ ।
कांग्रेस सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा बोलाईयो, उपसभामुखविरुद्ध महाअभियोगको तयारी
मंगलबार, भदौ ३, २०८२
उनले बैठकको विषय नखुलाइए पनि उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग लगाउन हस्ताक्षरका लागि सांसदहरूलाई बोलाएको हुन सक्ने बताएकी छन् । सांसदहरूलाई १२ बजेभित्र दलको कार्यालयमा उपस्थित भइसक्नुपर्ने गरी बोलाइएको छ ।
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त
मंगलबार, भदौ ३, २०८२
समितिले प्राधिकरणको अध्यक्ष हुनको लागि उनको योग्यता अपर्याप्त रहेको, कानुन अनुसार योग्यताका लागि सम्बन्धित क्षेत्रमा थप काम गर्नुपर्ने र कार्यक्षमता लगायत विषयमा प्रश्न गर्दै प्रतिवेदन बुझाएको थियो ।
बालबालिकाको प्राणघातक रोग रुबेला उन्मुलनमा नेपाल सफल
मंगलबार, भदौ ३, २०८२
मन्त्री पौडेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय यस उपलब्धिलाई दिगो बनाउन र भविष्यमा यस्ता रोगहरूबाट हाम्रा नागरिक र विशेष गरी बालबालिकालाई पूर्ण रूपमा सुरक्षित राख्न प्रतिबद्ध रहेको भन्दै यसका लागि हामी निरन्तर खोप सेवाको पहुँच विस्तार, रोग–निगरानी प्रणालीको सुदृढीकरण तथा निवारण पश्चताको कार्य योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताएका छन् ।
आज ‘विश्व फोटोग्राफी दिवस’ मनाइँदै
मंगलबार, भदौ ३, २०८२
त्यतिबेला एउटा तस्बिर खिच्न निक्कै समय लाग्थ्यो । तर अहिलेको अवस्था त्यस्तो छैन । त्यस बेला देखि अहिले सम्म फोटोग्राफीको तरिका र स्तरमा धेरै परिवर्तन भएको छ ।
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
मंगलबार, भदौ ३, २०८२
अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
बाजुरामा एमडीजीपी डाक्टरको रूपमा कार्की
मंगलबार, भदौ ३, २०८२
बाजुरा आएको तीन महिना नपुग्दै फागुन २५ गते उनको बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयमा सरुवा भएको थियो । त्यस यता एमडिजिपी डाक्टर विहिन बनेको अस्पताल बाजुराले डाक्टर कार्कीलाई एमडिजिपीको रूपमा पाएको हो । डाक्टर कार्कीले बाजुरेली जनताको स्वास्थ्य सेवामा कुनै कमी हुन नदिने बताएका हुन् ।
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
मंगलबार, भदौ ३, २०८२
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभासमक्ष पेस गर्नेछन् ।
नेपालमा मनसुन कमजोर बन्दै, बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव कायमै
मंगलबार, भदौ ३, २०८२
देशभर साधरणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थानहरूमा र मधेश प्रदेशको तराईको एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तो छ, मंगलबारको विदेशी मुद्राको विनिमय दर
मंगलबार, भदौ ३, २०८२
युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १८८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८९ रुपैयाँ ७१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६३ पैसा कायम गरिएको छ ।
तपाईंको आजको राशिफल कस्तो छ ?
मंगलबार, भदौ ३, २०८२
अध्ययन अध्यापनमा सफलता मिल्नेछ। भाग्य बलियो रहनेछ। परोपकारी काममा रुचि बढ्नेछ। मन उत्साहित हुनेछ। परोपकारी काममा रुचि बढ्नेछ ।
जनताप्रतिको कमजोर जवाफदेहिताले गम्भीर नागरिक निराशा उत्पन्न भयो : पूर्वराष्ट्रपति भण्डारी
सोमबार, भदौ २, २०८२
‘राज्यप्रतिको विश्वास दिनदिनै कमजोर हुँदै गएको छ र असन्तोष क्रमशः बढ्दो छ,’ उनले भनिन्,‘ जबसम्म सुशासनलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सक्दैनौँ, तबसम्म विकास, न्याय र समानताको जनअपेक्षा पूरा हुने सम्भावना न्यून रहन्छ।’
जसपा नेपालद्वारा जनकपुरधाममा प्रदर्शन
सोमबार, भदौ २, २०८२
सर्वोच्च अदालतले आज गौर हत्याकाण्डको छानबिन गर्न परमादेश जारी गरेकोमा सरकारले उपेन्द्र यादव माथि भूमि अध्यादेशको विपक्षमा उभिएकाले उनलाई फसाउन खोजेको आरोप लगाएका छन्।
साताको लोकप्रिय

