Harsamaya
धादिङ बस दुर्घटना  अपडेट :  ११ पुरुष र ६ महिलाको मृत्यु, विदेशी नागरिक पनि घाइते

काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा ६ महिला र ११ पुरुषको मृत्यु भएको पुष्टि भएको छ । २७ जना घाइतेलाई उद्धार गरेर विभिन्न अस्पताल पठाइएको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार मृतक र घाइतेहरुको सनाखत हुन बाँकी छ । दुर्घटनामा  न्यूजील्याण्डकाका एक विदेशी पर्यटक पनि परेका छन् । पृथ्वी राजमार्ग अन्तर्गत पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग१ख १४२१ नम्बर बस राति करिब १ बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट  करिब ३ सय मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो । 

घटनास्थलबाट डुंगाको सहायताबाट यात्रुहरुलाई करिब एक किलोमिटर तलसम्म पुर्‍याएर, त्यहाँबाट सडकमा उकालेर, एम्बुलेन्समा राख्दै अस्पताल पठाइएको थियो ।

प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार  घटनास्थलबाट ८ महिला, १८ पुरुष र एक बालिका गरी २७ जनालाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको छ । ६ महिला र ११ पुरुषको मृत्यु भएको छ । दुर्घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका थिए । 

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  ०७:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update