Harsamaya
नेपालमा  पश्चिमी वायुको आंशिक प्रभाव कायमै, यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं - हाल नेपालमा  पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसले  मुलुकका विभिन्न भागको मौसममा फेरबदल देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार  अनुसार यतिबेला तराईका धेरैजसो भू-भागमा बाक्लो तुवाँलो लागेको छ भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदलीको अवस्था छ।

बागमती र लुम्बिनी प्रदेशका उच्च भू-भागमा पनि आंशिक बादल लागेको देखिए पनि अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा नै रहेको महाशाखाले जनाएको छ ।  पहाडी र हिमाली क्षेत्रका केही सीमित स्थानमा अहिले हल्का वर्षा र हिमपात भइरहेको छ जसले गर्दा ती क्षेत्रमा चिसोको मात्रा बढेको महसुस गरिएको छ। 

आज तराईका जिल्लाहरूमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना छ जसका कारण जनजीवन र यातायातमा केही प्रभाव पर्न सक्ने देखिएको छ। देशका हिमाली भू-भागमा दिनभरजसो बादल लाग्ने सङ्केत देखिए पनि तराई क्षेत्रमा भने दिउँसोतिर मौसम सफा रहने अनुमान गरिएको छ।  

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  ०७:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update