Harsamaya
चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित, पाइपमै जम्न थाल्यो पानी
चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित, पाइपमै जम्न थाल्यो पानी अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै गएको छ । सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा झरेसँगै नागरिकहरुको दैनिकी प्रभावित बनेको हो । सल्लेरीमा शनिबार बिहानको तापक्रम माइनस एक डिग्रीसेल्सियस मापन गरिएको हावापानी मापन केन्द्रले जनाएको छ । 
भालुवाङ–नर्ती सडकमा दुर्घटना रोकथामका लागि 'टाइमकार्ड' लागू
भालुवाङ–नर्ती सडकमा दुर्घटना रोकथामका लागि 'टाइमकार्ड' लागू दुर्घटना न्यूनीकरण गर्न पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ–नर्ती सडकमा समय सीमा (टाईम कार्ड) निर्धारण गरिएको छ । आजदेखि १५ किलोमिटर क्षेत्रमा टाइमकार्ड लागू भएको हो ।  जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय दाङलगायतका सरोकारवाला कार्यालयको बैठकले यस्तो निर्णय गरेपछि आजदेखि टाइमकार्ड लागू भएको समन्वय समितिको प्रमुख अधिकारी कृष्णप्रसाद लम्सालले बताए ।...
मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरूको लागि रातो कार्ड वितरण
मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरूको लागि रातो कार्ड वितरण मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीकी मीना पाहानले २६ वर्षको उमेरमा अपाङ्गतासम्बन्धी रातो परिचयपत्र पाइन् । जन्मेको छ महिनामा दुवै खुट्टा लुलो भएकी उनको कम्मरमुनिको भाग चल्दैन । अपाङ्गता भएका व्यक्तिको परिचयपत्र सरकारले वितरण गर्छ भन्ने जानकारी नहुँदा यतिका वर्षसम्म परिचयपत्र पाउनबाट वञ्चित हुनु परेको उनले बताइन्। ज्यामिरगढी स्वास्थ्य चौकीमा नगरपालिकाले आज आयोजना...
लहानमा अटो रिक्साको वृद्धि, ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण
लहानमा अटो रिक्साको वृद्धि, ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण व्यावसायिक रूपमा सञ्चालित अटो रिक्साको सङ्ख्या वृद्धि हुन  थालेसँगै सिरहाको मुख्य बजार लहानमा ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ । साँघुरो सडक र जथाभावी अव्यवस्थित ढङ्गले अटो रिक्सा चलाउँदा सवारी दुर्घटनाको जोखिम पनि बढेको छ । भित्री सडकमा चलाउनुपर्ने भए पनि अटो रिक्सा बजार क्षेत्रमा केन्द्रित हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेकोे...
सोमबारे औँसी र गया श्राद्ध: मौन स्नान र पितृ तर्पणको विशेष दिन
सोमबारे औँसी र गया श्राद्ध: मौन स्नान र पितृ तर्पणको विशेष दिन सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइँदै छ । आजका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकांक्षा पूरा हुने शास्त्रीय मान्यता छ । पौष कृष्ण औँशीका दिन आज परे जस्तै सोमबारे औँशी वर्षमा तीनदेखि चार वटासम्म पर्ने गरेको नेपाल पञ्चांग...
तमु ल्होसार: गुरुङ समुदायको नयाँ वर्षको उत्सव आज
तमु ल्होसार: गुरुङ समुदायको नयाँ वर्षको उत्सव आज गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होछार मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् ।
सुन चाँदीको मूल्य घट्यो
सुन चाँदीको मूल्य घट्यो
कालिकोटमा भूकम्प
कालिकोटमा भूकम्प
Weather Update