Harsamaya

काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहको पुरानो र्‍याप गीतलाई लिएर कानुनी बहस सुरु भएको छ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमाथि अपमानजनक अभिव्यक्ति प्रयोग भएको आरोपसहित उक्त गीत युट्यूबबाट हटाउन माग गर्दै अधिकारकर्मी सुनीलबाबु पन्तले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । 

साइबर ब्युरोका एसपी दीपक गिरीका अनुसार उजुरी दर्ता भएसँगै सम्बन्धित सामग्रीको कानुनी तथा प्राविधिक पक्षबाट अध्ययन थालिएको छ। ‘गीत हटाउनुपर्ने माग आएको छ, अहिले हामी यसको विषयवस्तु र सन्दर्भबारे विश्लेषण गर्दैछौँ,’ उनले बताए।

विवादमा परेको ‘रअ बार्ज र्‍याप ब्याटल’ शीर्षकको सामग्री करिब एक दशकअघि विभिन्न युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो। उक्त सामग्रीमा प्रयोग भएका केही शब्द र अभिव्यक्तिलाई लिएर अहिले आपत्ति जनाइएको हो।

प्रकाशित मिति: शुक्रबार, वैशाख ४, २०८३  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update