Harsamaya
इरानले हर्मुज जलमार्ग खोल्नेः तेलको मूल्य घट्यो 
सांकेतिक तस्वीरः हर समय/harsamaya

काठमाडौं - युद्धविरामको समयमा हर्मुज जलमार्ग खोल्ने इरानको घोषणापछि तेलको मूल्य घटेको छ ।

ब्रेन्ट क्रुड लगभग ९ प्रतिशतले घटेर प्रति ब्यारेल ९०.३८ डलर मा पुगेको छ, जुन मार्च १० पछिको सबैभन्दा कम हो । लेबनान र इजरायलबीच १० दिने युद्धविराम सम्झौतापछि इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलमार्ग अस्थायी रूपमा खोलेको छ ।

यद्यपि, इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिकाले आफ्नो आर्थिक र नौसेना नाकाबन्दी जारी राख्यो भने इरानले फेरि हर्मुज जलमार्गमा पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएका छन् ।

होर्मुज जलमार्ग खुलेको घोषणा भए पनि ढुवानी कति चाँडो सामान्य हुन्छ भन्नेमा अझै अन्योल छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले सबै जहाजले आफूसँग समन्वय गर्नुपर्ने र तोकिएको बाटो मात्र प्रयोग गर्नुपर्ने सर्त राखेको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update