पशुपतिमा अनधिकृत रुपमा बनाइएका संरचनामाथि डोजर
काठमाडौं - काठमाडौं महानगरले पशुपति क्षेत्र विकास कोषको जग्गामा अनधिकृत रुपमा बनाइएका संरचनामाथि डोजर चलाएको छ ।
महानगरले शुक्रबार गौशाला, तिलगंगा र पशुपति क्षेत्रभित्र कोषको जग्गामा बनाइएका अनाधीकृतमाथि डोजर लगाएको हो । सो क्रममा कोषको जग्गामा बनाइएका ५ वटा टहरा हटाइएको काठमाडौं महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले जानकारी दिए ।
उनले कोषबाट अनुरोध भए अनुसार नै अनाधीकृत संरचना हटाइएको उल्लेख गरे । केही समय अघि निर्वाचन र आचारसंहिताका कारण अनुगमनका साथै अनाधीकृत संरचना हटाउने कार्य राकिएकोमा अव भने तीव्रताका साथ काम अघि बढ्ने उनले बताए ।
महानगरभित्र कवाडी व्यवसाय गर्न नपाइने नीति रहेकाले अव कडाइका साथ कवाडी हटाइने जोशीले बताए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ४, २०८३ १८:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

