Harsamaya
बास्कोटा लेख्छन्ः कांग्रेस रबर होला कि सिसा ?
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले राजनीतिक दलहरूभित्रको आन्तरिक विवाद लिएर अदालत जान नहुने टिप्पणी गरेका छन् । 

सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै गगन थापा नेतृत्वको कांग्रेसलाई वैधानिकता दिएपछि शनिवार बिहान सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले सामान्य झगडामा न्यायका लागि अदालत जानु स्वाभाविक भए पनि राजनीतिक झगडाको समाधान अदालतबाट मात्रै ननिस्कने तर्क गरेका हुन् । 

gokul--1776479428.png


उनले विगतको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उदाहरण दिँदै अदालतको फैसलाले मात्रै दलहरूलाई जोडेर राख्न नसक्ने बताए । नेकपाभित्रको विवाद उत्कर्षमा पुग्दा अदालतले निर्णय दिए पनि अन्ततः त्यो एकता टिक्न नसकेको र पार्टी चकनाचुर भएको स्मरण गराउँदै उनले राजनीतिक एकता कानुनले नभई नेताहरूको नियतमा निर्भर हुने प्रस्ट पारेका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update