रास्वपाको सचिवालय र संसदीय दलको बैठक बस्दै
सोमबार, जेठ १९, २०८२
बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता, पार्टीका गतिविधि, समसामयिक राजनीतिकलगायतका विविभ विषयमा छलफल हुनेछ । पछिल्लो समय रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि संलग्न भएको भन्दै राजीनामा मागिरहेको छ ।

एमाले संसदीय दलको बैठक बस्दै
सोमबार, जेठ १९, २०८२
बैठकमा संसदमा प्रस्तुत भएको बजेट र समसामयिक विषयमा छलफल हुने छ । जेठ १५ गते बजेट पेश भए पनि विपक्षीहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म अवरोध नहट्ने अडान राखेका छन् ।

उपत्यका बन्दको कार्यक्रम फिर्ता
सोमबार, जेठ १९, २०८२
काठमाडौंमा भएको प्रदर्शनबाट हिजो राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका नेताहरूलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि थापालाई भेट्न गएका राप्रपाका सांसद दीपक सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरूलाई नियन्त्रणमा लिएको विरोधमा नेताहरूले उपत्यका बन्द गर्ने घोषणा गरेका थिए ।

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन (भिडियोसहित)
आइतबार, जेठ १८, २०८२
गत वैशाख ११ गते सुरु भएको रथ जात्रा भोटो देखाएसँगै यस वर्षका लागि सम्पन्न भएको छ । मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवताका रुपमा तथा अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रूपमा मानिने भएकाले पनि यसको पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व रहिआएको छ ।

राप्रपा सांसद सिंह पक्राउ
आइतबार, जेठ १८, २०८२
आज दिउँसो भएको प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापासहितलाइ भेटन पुगेका सांसद सिंह पक्राउ परेका हुन् ।

कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियो भद्रकालीमा
आइतबार, जेठ १८, २०८२
राप्रपा नेपालका अनुसार यसरी पक्राउ पर्नेमा थापासहित शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमल्सिना रहेका छन् ।

सरकारको कुशासनले प्रतिगमनलाई मौका दिएको छ : प्रचण्ड (भिडियोसहित)
आइतबार, जेठ १८, २०८२
साथै उनले हालको सरकारप्रति आफ्नो पार्टीले निरन्तर खबरदारी गर्दै आएको र भ्रष्टाचार विरुद्धको अभियान पनि चलाइरहेको बताए ।

खास लडाई भोलिबाट सुरु हुन्छ, हामी अब ५० ठाउँबाट निस्कन्छौं - राजेन्द्र लिङ्देन
आइतबार, जेठ १८, २०८२
‘हामी शान्तिपुर्ण प्रदर्शन गरिरहेका छौं, आज प्रहरीले दमन गरेको छ, यो सह्य छैन,’ थापा पक्राउ परे पछि लिङ्देनले भने, ‘खास लडाइ अब भोलिबाट सुरू हुन्छ, हामी एक ठाउँमा जम्मा हुँदैनौं, ५० ठाउँबाट जुलुस निकाल्छौं ।'

राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, पक्राउ परे कमल थापा
आइतबार, जेठ १८, २०८२
पक्राउ परेका थापाले ‘भ्रष्ट सरकार मुर्दावाद’, ‘प्रहरी दमन मुर्दावाद’ भनिरहदाँ पनि उनलाई प्रहरीले जबरजस्ती भ्यानमा राखेको हो ।

राजतन्त्रमा विकास र सुशासन भएन त्यसैले गणतन्त्र आएको हो : ओली
शनिबार, जेठ १७, २०८२
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनको शनिबार उद्घाटन गर्दै उनले सबैले सँगै लडेर ल्याएको लोकतन्त्र र प्राप्त उपलब्धिलाई रक्षा गर्दै कसरी सुदृढ बनाउने भन्नेमा लाग्न आग्रह गरेका हुन् ।
-1748698235.jpg)
राजावादीहरुको आन्दोलन तेस्रो दिनपनि जारी, आलमलाई प्रधानमन्त्री बनाउन सुझाव (भिडियोसहित)
शनिबार, जेठ १७, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवाइमा जारी राजावादी आन्दोलन तेस्रो दिन पनि जारी जारी रह्यो ।

कांग्रेस–एमालेको रोग सरुवा रोग हो, उनीहरूसँग सहकार्य हुँदैन : प्रचण्ड
शनिबार, जेठ १७, २०८२
‘कीर्तिपुर नजितेसम्म न त चित्त बुझ्छ, न त मनमा शान्ति हुन्छ,’उनले भने, ‘यसपटक जित्न विशेष प्रयास गर्यौ डा. शिव शरण महर्जनलाई जिताउन सकिएन, तर तेस्रो स्थानबाट दोस्रो स्थानमा पुर्याउन सक्यौं। हामी निराश भएका छैनौं, अब केही नयाँ गर्नुपर्छ भन्ने दृढ निश्चय लिएका छौ ।’

पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा सँधै किराँत समुदायसँग छु: डा. शेखर (भिडियोसहित)
शनिबार, जेठ १७, २०८२
तुवाचुङ् जायजुम संरक्षण समितिले किराँतहरूको चाड साकेला उभौलीको अवसरमा खोटाङको हलेसीमा आयोजना गरेको "तुवाचुङ् डे" लाई उदघाटन् गर्दै कोइरालाले हलेसी महादेव मन्दिरलाई विश्व सम्पदा सुचीमा सूचीकृत गर्न आफूले सक्दो पहल गर्ने समेत बताए ।
साताको लोकप्रिय