सङ्घीय संसदको दुवै सदनको बैठक बस्दै, विपक्षी दलहरूले अवरोध गर्ने
मंगलबार, जेठ २०, २०८२
विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै अवरोध गर्ने तयारी गरेकोले प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश गर्नेमा संशय कायमै छ । गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म सदन चल्न नदिने चेतावनी दिँदै आएका छन् ।
माओवादी केन्द्रले आफ्नो माग यथावत् नै राखेको छ : प्रमुख सचेतक हितराज पाण्डे
सोमबार, जेठ १९, २०८२
सोमबार सिंहदरबारमा भएको प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफलमा उनले छलफलमा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा होइन, संसद खोलेर अगाडि बढ्नु पर्छ भन्ने कुरा राखेको भन्दै आफूहरूले राखेको विषय यथावत् नै रहेको बताए ।
खानेपानीका आयोजना निर्माणमा ढिलासुस्ती गर्नेलाई उन्मुक्ति दिइने छैन : मन्त्री यादव
सोमबार, जेठ १९, २०८२
उनले भने, ‘खानेपानी जस्तो अत्यावश्यक चीजलाई ढीलासुस्ती गर्ने कार्य किमार्थ स्वीकार्य छैन । खानेपानीका आयोजना तोकिएकै समयमा सम्पन्न गर्नु पर्छ । अब सहेर बसिँदैन, कानुनी दायरामा ल्याइने छ ।’
सिंहदरवारमा तीन दलको बैठक
सोमबार, जेठ १९, २०८२
संसद्मा देखिएको गतिरोधलगायत विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा प्रमुख दलका शीर्ष नेताहरूको छलफल जारी रहेको छ ।
गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध कायमै रहन्छ : माओवादी केन्द्र
सोमबार, जेठ १९, २०८२
उनले भने, ‘भोलि(मंगलबार)को संसदको अवरोध यथावत् रहन्छ । गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेर विपक्षीले मात्रै भनिरहेको छैन । आम मिडिया र जनसमुदायले भनिरहेको छ । भिजिट भिसा प्रकरणमा सेटिङ भएको छ । को संलग्न छ भन्ने कुरा त छानबिनले देखाउँछ । छानबिनको लागि उहाँले मार्गप्रशस्त गर्नुपर्छ भन्ने दलको निष्कर्ष छ ।’
सामाजिक संजालको भ्रममा नपर्नुहोला, राजीनामा व्यवहारिक छैन - मन्त्री खड्का
सोमबार, जेठ १९, २०८२
गृहमन्त्रीमाथि उठेका पछिल्ला विवादबारे टिप्पणी गर्दै मन्त्री खड्काले कुनै प्रमाण बिना सार्वजनिक दबाबका आधारमा राजीनामा माग्नु अव्यावहारिक रहेको धारणा राखे । ‘यदि यसरी हल्लाको भरमा राजीनामा दिइयो भने बाँकी को रहन्छ र ?कानुनी प्रक्रिया नै अन्तिम निर्णायक हो,’मन्त्री खड्काको स्पष्ट भनाइ थियो ।
सदन जसरी पनि चल्छ, गृहमन्त्रीको राजीनामा अनुचित : प्रधानमन्त्री (भिडियोसहित)
सोमबार, जेठ १९, २०८२
सडकमा कुनै समूहले केही माग लिएर बस्दा पनि कुँदेर गएर समर्थन गर्ने र सदन पनि अवरोध गर्ने यस्ता कामले प्रतिगमनलाई सहयोग पुग्ने र लोकतन्त्रलाई असहयोग हुने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
राजावादीहरूले आज शोक मनाउने
सोमबार, जेठ १९, २०८२
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति निकालेर दरबार हत्याकाण्डको शोकमा आन्दोलन नगर्ने निर्णय भएको बताएका हुन् । २०५८ साल जेठ १९ गते तत्कालीन राजदरबार हत्याकाण्ड हुँदा राजा विरेन्द्रसहित राजपरिवार सखाप भएको थियो ।
आज चार संसदीय समितिका बैठक बस्दै
सोमबार, जेठ १९, २०८२
र्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्न लागेका हुन् । यी बैठकहरूमा विभिन्न महत्त्वपूर्ण विधेयक तथा समसामयिक विषयहरूमा छलफल हुनेछ ।
कुनै पनि हालतमा मुलुक प्रतिगमनतर्फ फर्कने नसक्ने दाबी : पूर्ण बस्नेत
सोमबार, जेठ १९, २०८२
राजतन्त्र मुलुकको न गौरवपूर्ण इतिहास हो, न आसलाग्दो भविष्य सर्वसाधारणलाई दुख दिने राजावादीहरूको आन्दोलनको कुनै औचित्य नभएको उनको भनाइ छ ।
रास्वपाको सचिवालय र संसदीय दलको बैठक बस्दै
सोमबार, जेठ १९, २०८२
बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता, पार्टीका गतिविधि, समसामयिक राजनीतिकलगायतका विविभ विषयमा छलफल हुनेछ । पछिल्लो समय रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि संलग्न भएको भन्दै राजीनामा मागिरहेको छ ।
एमाले संसदीय दलको बैठक बस्दै
सोमबार, जेठ १९, २०८२
बैठकमा संसदमा प्रस्तुत भएको बजेट र समसामयिक विषयमा छलफल हुने छ । जेठ १५ गते बजेट पेश भए पनि विपक्षीहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म अवरोध नहट्ने अडान राखेका छन् ।
उपत्यका बन्दको कार्यक्रम फिर्ता
सोमबार, जेठ १९, २०८२
काठमाडौंमा भएको प्रदर्शनबाट हिजो राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका नेताहरूलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि थापालाई भेट्न गएका राप्रपाका सांसद दीपक सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरूलाई नियन्त्रणमा लिएको विरोधमा नेताहरूले उपत्यका बन्द गर्ने घोषणा गरेका थिए ।
साताको लोकप्रिय

