एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं - नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ल्होत्से हल बानेश्वरमा बस्न लागेको हो ।
बैठकमा संसदमा प्रस्तुत भएको बजेट र समसामयिक विषयमा छलफल हुने छ । जेठ १५ गते बजेट पेश भए पनि विपक्षीहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म अवरोध नहट्ने अडान राखेका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२ ०७:४६
प्रतिक्रिया दिनुहोस्