Harsamaya
कुनै पनि हालतमा मुलुक प्रतिगमनतर्फ फर्कने नसक्ने दाबी : पूर्ण बस्नेत
(जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेत ।

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले राजावादीहरूको आन्दोलनको औचित्य नभएको बताएका छन् । राजसंस्था पुनःस्थापनावादीहरुको काठमाण्डौं केन्द्रित आन्दोलनप्रति टिप्पणी गर्दै उनले मुलुक कुनै पनि हालतमा प्रतिगमनतर्फ फर्कने नसक्ने दाबी गरेका हुन् ।

बस्नेतले भने, ‘मुलुकमा सुशासनको जनअपेक्षासँग राजावादीहरूको आन्दोलनको कुनै सरोकार छैन । न उनीहरूको आन्दोलनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न सक्छ । गणतन्त्र ढाल्ने त दिवास्वप्न मात्र हो ।’

राजतन्त्र मुलुकको न गौरवपूर्ण इतिहास हो, न आसलाग्दो भविष्य  सर्वसाधारणलाई दुख दिने राजावादीहरूको आन्दोलनको कुनै औचित्य नभएको उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update