Harsamaya
अख्तियार पुग्यो राप्रपा, भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र [भिडियो]
अख्तियार पुग्यो राप्रपा, भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र [भिडियो] सरकारका मन्त्रीहरूको भ्रष्टाचारमा संलग्नताका तथ्यहरू एकपछि अर्को सार्वजनिक भइरहेको अवस्थामा मन्त्रीहरू एक अर्कामा कसले छिटो र धेरै कमाउने प्रतिस्पर्धा चलाइरहेको राप्रपाको ठहर छ । 
श्रमिकको सम्मान बिना समृद्धि सम्भव छैन : प्रधानमन्त्री
श्रमिकको सम्मान बिना समृद्धि सम्भव छैन : प्रधानमन्त्री प्रधानमन्त्री ओलीले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारले साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३०० बाट बढाएर १९ हजार ५५० रुपियाँ बनाउने निर्णय गरेको छ। श्रमिकलाई एक मुट्ठी भरोसा महत्त्वपूर्ण हुनेछ। जय श्रमिक, जय नेपाल।’
अख्तियारमा ज्ञापन पत्र बुझाउँदै राप्रपा
अख्तियारमा ज्ञापन पत्र बुझाउँदै राप्रपा राप्रपाले अख्तियारको प्रदेश कार्यालयहरू, सम्पत्ति शुद्धीकरण विभाग लगायतका भ्रष्टाचार हेर्ने निकायहरूमा समेत चरणबद्ध रूपमा भ्रष्टाचार विरुद्धको दबाबमूलक अभियान सञ्चलन गर्नेछ ।
एमाले पोलिटब्युरो बैठक आज बस्दै
एमाले पोलिटब्युरो बैठक आज बस्दै बैठकमा पार्टीको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ । यसअघि बिहीबार बसेको सचिवालय बैठकमा विधानमा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेस भएको थियो ।
पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन्  कार्यसूची
पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन्  कार्यसूची पूर्वाधार विकास समितिको बैठकमा काठमाडौं चक्रपथ, कलंकी-महाराजगञ्ज खण्डको डि.पि.आरबारे छलफल हुनेछ । बिहान  ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि माननीय संशोधनकर्ताहरूसँग छलफल हुनेछ ।
एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानबिच आज एकता हुँदै
एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानबिच आज एकता हुँदै पाँच वर्षअघि नेकपा विभाजन भएर एमाले र नेकपा माओवादी हुँदा कतै पनि नलागी नेकपा एकता अभियान थालेका  गौतम अन्ततः  नेपाल नेतृत्वको समाजवादीमा समाहित हुन लागेका हुन् । गौतमलाई नेकपा एकीकृत समाजवादीमा तेस्रो वरीयताको वरिष्ठ नेता दिने सहमति भएको छ ।
एमाले सचिवालय बैठकमा पूर्वराष्ट्रपति भण्डारीलाई के जिम्मेवारी दिने ओलीले नै विषय प्रवेश गराएका थिए  
एमाले सचिवालय बैठकमा पूर्वराष्ट्रपति भण्डारीलाई के जिम्मेवारी दिने ओलीले नै विषय प्रवेश गराएका थिए   एमाले सचिव योगेश भट्टराईका अनुसार बैठकमा अध्यक्ष ओलीले भण्डारीलाई दिने जिम्मेवारीबारे विषय प्रवेश गराएका थिए । यसबारे थप छलफल गरेर आवश्यक निर्णय लिनेबारे नेताहरूबीच कुराकानी भएको थियो । 
सरकाले सुरुमा गति लिएको थियो, अहिले बरालिएको छ : गगन थापा [भिडियो]
सरकाले सुरुमा गति लिएको थियो, अहिले बरालिएको छ : गगन थापा [भिडियो] थापाले भने, ‘दुई पार्टी मिलेर सरकार बन्दा सुरुमा गति पनि समातेको थियो । अहिले यो सरकार बरालिएको छ । दिन गनेर बस्ने जस्तो भएको छ । आइतबार गयो, सोमबार आयो । एकजनाले बोल्दिएपछि ढल्दैन ढल्दैन भन्यो ।’ 
खानेपानी विभागले ९० प्रतिशत वित्तीय प्रगति हासिल गरेको दाबी
खानेपानी विभागले ९० प्रतिशत वित्तीय प्रगति हासिल गरेको दाबी उनले भने, ‘विभागको वित्तीय प्रगति ९० प्रतिशत पुगेको छ । यो विभाग सहित मन्त्रालयका लागि नै ठूलो उपलब्धि हो । रकमान्तरमा सहयोग गर्ने खानेपानी मन्त्रालय, अर्थ मन्त्रालयलगायत सबैमा विभाग अनुग्रहित छ ।’  
कुनै संलग्नता फेलापरे जस्तोसुकै सजाय भोग्न तयार छु : मन्त्री अधिकारी [भिडियो]
कुनै संलग्नता फेलापरे जस्तोसुकै सजाय भोग्न तयार छु : मन्त्री अधिकारी [भिडियो] केही मान्छेहरू आफ्नो अभिष्ट पूरा गर्नका लागि मालपोतका अधिकृतलाई फिर्ता गराउन आफूसमक्ष आएको पनि पत्रकार सम्मेलनमा बताएका हुन्  । 
नेपाल-बेलायतको मैत्रीपूर्ण सम्बन्धमा विभिन्न संस्थाहरुको भूमिका प्रशंसनीय (भिडियोसहित)
नेपाल-बेलायतको मैत्रीपूर्ण सम्बन्धमा विभिन्न संस्थाहरुको भूमिका प्रशंसनीय (भिडियोसहित) नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल–बेलायतसँग सम्बन्धित संस्थाहरुका कारण नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्ध रहेको बताएका छन् ।
भ्रष्टाचारविरुद्ध सडक संघर्ष गर्नुपर्ने प्रचण्डको चेतावनी [भिडियो]
भ्रष्टाचारविरुद्ध सडक संघर्ष गर्नुपर्ने प्रचण्डको चेतावनी [भिडियो] कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वाइसिएल नेपालले नीतिगत निर्णयमार्फत राष्ट्रिय रूपमा सञ्चालनमा ल्याएको श्रम अभियानलाई माओवादी केन्द्रले अघि सारेको उत्पादन ब्रिगेडको निरन्तरता र एक महत्वपूर्ण आयाम भएको उल्लेख गरे ।
Weather Update