Harsamaya
‘अदालत सेटिङ’को प्रचारप्रति कांग्रेस नेता दीपक खड्काको आपत्ति
नेपाली कांग्रेसका नेता दीपक खड्का ।

काठमाडौं - नेपाली कांग्रेसका नेता दीपक खड्काले आफूले न्यायका लागि सर्वोच्च अदालतको ढोका ढक्ढकाएको भन्दै ‘अदालत सेटिङ’ गरेको भन्ने प्रचारप्रति आपत्ति जनाएका छन् । 

सामाजिक सञ्जालमा लेख्दै उनले कांग्रेसको आन्तरिक जीवनमा भएका केही अन्यायपूर्ण घटनामा न्याय खोज्दै सर्वोच्च अदालतमा उत्प्रेषण, प्रतिषेध र परमादेशसहित अन्तरकालीन आदेशको माग गर्दै रिट दर्ता गरेको बताएका छन् । 

खड्काले अदालतमा न्याय माग्दा उल्टै स्वतन्त्र न्यायपालिकामाथि अविश्वास पैदा गर्ने उद्देश्यले केही व्यक्ति तथा समूहले नियोजित रूपमा ‘अदालत सेटिङ’को आरोप लगाएको दाबी गरेका छन् । 

उनले यस्तो कुप्रचारप्रति खेद व्यक्त गर्दै अदालतको गरिमामाथि असर पार्ने गतिविधिप्रति सचेत रहन सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । 

खड्काले आफू न्याय र स्वतन्त्रताका लागि लड्ने व्यक्ति भएकाले सबै अदालतप्रति समान विश्वास र भरोसा रहेको भन्दै सर्वोच्च अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताए । 

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update