Harsamaya
सरकार सर्वसत्तावादतर्फ उन्मुख - अध्यक्ष लिङ्देन
सरकार सर्वसत्तावादतर्फ उन्मुख - अध्यक्ष लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको टिप्पणी गरेका छन् ।  पृथ्वीनारायण शाहको ३०३ औं जन्मयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार काठमाडौंको भृकुटिमण्डपमा जलपान कार्यक्रमको आयोजना गर्दै लिङ्देनले नियमित रुपमा बोलाउनुपर्ने संसद नबोलाएर अध्यादेश ल्याउने कामले सरकार सर्वसत्तावादतर्फउन्मुख देखिएको टिप्पणी गरेका हुन् । 
एमालेले पार्टीबाट निकाल्दैमा भ्रष्टाचार,अन्याय र अत्याचारविरुद्धको लडाई कमजोर हुँदैन - भीम रावल
एमालेले पार्टीबाट निकाल्दैमा भ्रष्टाचार,अन्याय र अत्याचारविरुद्धको लडाई कमजोर हुँदैन - भीम रावल नेकपा एमालेका पूर्व नेता भीम रावलले एमालेले पार्टीबाट निकाल्दैमा आफ्नो भ्रष्टाचार, अन्याय र अत्याचार विरुद्धको लडाई कमजोर नहुने बताएका छन् । 
‘गुणस्तरीय उपचारमा सबैको पहुँच पुर्‍याउन लागेका छौँ’
‘गुणस्तरीय उपचारमा सबैको पहुँच पुर्‍याउन लागेका छौँ’ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गुणस्तरीय उपचारमा सबैको पहुँच पुर्याउन सरकार लागेको बताएका छन् । नेपाली कांग्रेस तनहुँले आज बिपी स्मृति भवन दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पैसा अभावले उपचार नपाउने अवस्थाको अन्त्य गर्दै सबैमा उपचारको पहुँच स्थापित गर्न सरकार प्रतिबद्ध भएको बताए । 
समान विचारधारा भाकाहरूसँग एकता र सहकार्यको प्रयास गर्ने - अध्यक्ष थापा
समान विचारधारा भाकाहरूसँग एकता र सहकार्यको प्रयास गर्ने - अध्यक्ष थापा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले समान विचारधारा भाकाहरूसँग एकता र सहकार्यको प्रयास गर्ने बताएका छन् । 
आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौं : गृहमन्त्री लेखक
आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौं : गृहमन्त्री लेखक गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केही कानुन संशोधन गरेको बताएका छन्।  शनिबार नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २५औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री लेखकले सरकारले बढी मूल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लिएको बताउँदै मुलुकमा उद्योगको विकासका लागि सरकार प्रतिबद्ध रहेको...
वामपन्थी, कम्युनिस्टहरूलाई एकै ठाउँ ल्याउने प्रयास भइरहेको छ- अध्यक्ष नेपाल
वामपन्थी, कम्युनिस्टहरूलाई एकै ठाउँ ल्याउने प्रयास भइरहेको छ- अध्यक्ष नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रिय तथा जनजिविकाका विषयलाई उचित ढंगले अघि बढाउन आन्दोलनमार्फत राज्यलाई दबाब दिने बताएका छन् । 
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण राष्ट्रपति रामचन्द्र पौडेलले ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन्।
कांग्रेसका ३७ विभागमा सचिव मनोनीत (सूचीसहित)
कांग्रेसका ३७ विभागमा सचिव मनोनीत (सूचीसहित) कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनयन गरिएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबार सभापति शेरबहादुर देउवाले सचिव मनोनीत गरेका हुन् । कांग्रेसले महाधिवेशनपछि हालसम्म ५५ विभाग गठन गरेको छ । तर, कुनै पनि विभागका सचिव तोकिएका थिएनन् ।
हस्तकला क्षेत्र सधैँ सरकारको प्राथमिकतामा : प्रधानमन्त्री
हस्तकला क्षेत्र सधैँ सरकारको प्राथमिकतामा : प्रधानमन्त्री प्रधानमन्त्री केपी ओलीले रोजगारी र निर्यात वृद्धिमा योगदान दिने हस्तकला क्षेत्र सधैँ सरकारको प्राथमिकतामा रहने बताएका छन् । नेपाल हस्तकला महासंघको ४४औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा रोजगारी, उत्पादन, उद्यमशीलता, आत्मविश्वास र निर्यात बढाउने क्षेत्र भएकाले यसका लागि सरकारले गर्नुपर्ने काममा लागि आफूहरूले सक्दो पहल गर्ने...
सञ्चारमन्त्रीद्वारा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक
सञ्चारमन्त्रीद्वारा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको पदावधि एक वर्ष थप गर्ने निर्णय गरेको छ । यही पुस २३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी दिएका हुन्।
‘जलवायु परिवर्तनबाट उत्पन्न विपत्तिको सजाय नेपालले भोग्नुपरिरहेको छ’
‘जलवायु परिवर्तनबाट उत्पन्न विपत्तिको सजाय नेपालले भोग्नुपरिरहेको छ’ परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण नेपालमा बेमौसमी विपत्ति आएको बताएकी छिन् । सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालद्वारा आज यहाँ आयोजित ब्लाङ्केट वितरणमा उनले बेमौसमी विपत्तिका कारण नेपालले जनधनको क्षतिको जोखिम भोग्दै छ भनिन्। 
सामाजिक सञ्‍जालको बेथितिलाई नियमन गर्न जरुरी छ : मन्त्री गुरुङ
सामाजिक सञ्‍जालको बेथितिलाई नियमन गर्न जरुरी छ : मन्त्री गुरुङ सञ्चार तथा  सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न जरुरी रहेको बताएका छन्। मन्त्रालयले सूचना र सञ्चार प्रविधिको विस्तारलाई प्राथमिकतामा राख्दै सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न सञ्चार विधेयक ल्याउने तयारी गरिरहेको उनले बताए । 
Weather Update