Harsamaya
संचारमन्त्री गुरुङ निवासमा आगजानी
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ ।

काठमाडौं - सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् ।

मंगलबार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा र आगजनी गरेका हुन् ।

सोमबारदेखि जेनजीको आन्दोलन चलेको थियो । उक्त आन्दोलनमा झडप बढेपछि उनीहरुले मंगलबार नेता कार्यकर्ताको नीजि निवासमै गएर ढुंगामुढा र आगजनी गरिरहेका छन् ।

यसपछि उनीहरु देउवा निवास बुढानिलकण्ठतर्फ अघि बढेका थिए । 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update