एमाले सांसद श्रेष्ठ र मेयर निवासमा आगजनीसँगै तोडफोड

सिरहा - नेकपा एमालेका सांसद लिलानाथ श्रेष्ठको निजी निवासमा आगजनी र तोडफोड गरिएको छ ।
मंगलबार देशभर प्रदर्शन गरिरहेका युवाले एमालेका सांसद श्रेष्ठका घरमा आगजनी र तोडफोड गरेका हुन् ।
प्रदर्शनकारीहरुले एमाले सांसद श्रेष्ठसँगै गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठको घरमा समेत आगजनी र तोडफोड गरेका छन् ।
जिल्लाका विभिन्न स्थानमा प्रदर्शन भइरहँदा सिरहा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाउने तयारी गरिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ १३:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय