मन्त्रीहरुलाई फिर्ता हुन कांग्रेस महामन्त्रीद्वयको निर्देशन

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएका छन् ।
मंगलबार संयक्त विज्ञप्ति जारी गर्दै उनीहरुले एमालेसँगको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको भन्दै पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएका हुन् ।
उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर नविन राष्ट्रिय सहमति निर्माणका लागि ढोका खोलिदिन पनि अपित गरेको छन् ।
साथै उनीहरुले जेनजी पुस्तालाई पनि जायज माग सम्बोधन गर्न जोड दिने भन्दै आन्दोलनलाई संयमित बनाउन आग्रह गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ १३:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय