उड्डयन क्षेत्रलाई प्रभावकारी बनाउन आवश्यक ऐन ल्याउँछौँ - मन्त्री पाण्डे
बिहीबार, पुस १८, २०८१
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रलाई प्रभावकारी बनाउन आवश्यक ऐन संसदको अगामी अधिवेशनमा प्रस्तुत गर्ने बताएका छन् ।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री पाण्डेले नागरिक उड्ययन क्षेत्रलाई प्रभावकारी बनाउनका लागि सेवा प्रदायक र नियमन निकायलाई फरक फरक गर्ने गरि बनाइएको विधेयकलाई सदनको आगामी अधिवेशनमा प्रस्तुत गर्ने बताएका हुन् ।
उहाले पर्यटन क्षेत्रको विकासका लागि तीन तहको सरकारलाई जोड्न सरोकारवालाको दुई वटा बैठक सम्पन्न भइसकेको जानकारी दिए । अन्तर मन्त्रालय र अन्तर निकायलाई समन्वयकारी रुपमा अघि बढाउन सके सहज रूपमा काम कारबाही गर्न सकिने उनले बताए ।

‘स्थानीय तहका कर्मचारीको समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छ’
बिहीबार, पुस १८, २०८१
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ कार्यान्वयनको चरणमा रहेकाले स्थानीय तहका कर्मचारीको समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
मुख्यमन्त्री सिंहद्वारा आज जारी विज्ञप्तिमा स्थानीय तहमा कार्यरत कर्मचारीका समस्याबारे आफू अवगत रहेको बताउँदै कर्मचारीका समस्या समाधानका लागि आवश्यक प्रयास भइरहेकाले कुनै...

यस्ता छन् माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको एजेन्डा
बिहीबार, पुस १८, २०८१
नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गरेको छ ।
आगामी पुस २१ गते देखी सुरू हुने केन्द्रीय समितिको बैठकका लागि एजेन्डा तय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनसमेत उपस्थित रहेको स्थायी समिति बैठकले केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्रिफिङ गर्ने, दोस्रोमा प्रदेशका...

काँग्रेसले स्वर्गीय नेताहरूको सम्मानमा विभिन्न खेलकुद प्रतियोगिताहरू गर्ने
बिहीबार, पुस १८, २०८१
नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघले स्वर्गीय नेताहरूको सम्मानमा विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गर्ने भएको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशक समितिले बिहीबार कांग्रेस पार्टी कार्यालय सानेपमा पत्रकार सम्मेलन गर्दै बिपी कोइराला, गणेशमान सिंहदेखि दुर्गानन्द झासम्मका ३६ नेताहरूको सम्मानमा फुटबल लगाएत बिभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गरेको...

एमाले सचिवालय बैठकमा ओलीको प्रतिवेदन पारित
बिहीबार, पुस १८, २०८१
अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदन पारित भएको छ ।
नेकपा एमालेको केन्द्रीय समिति बैठकमा पेस हुने राजनीतिक प्रतिवेदन आज बसेको सचिवालय बैठकबाट पारित भएको हो ।
च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले पुस २१ र २२ गते बस्ने भनिएको केन्द्रीय समिति बैठकका एजेन्डा पनि तय गरेको छ...

बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
बिहीबार, पुस १८, २०८१
खानेपानीमन्त्री प्रदीप यादवले आगामी वर्षदेखि बर्खामा पनि काठमाडौँमा मेलम्चीको पानीको आपूर्ती बन्द नहुने बताएका छन् ।
आज मन्त्रालयमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा मन्त्री यादवले विगतका बर्खामा काठमाडौँमा पानी आपूर्ति बन्द हुने भए पनि अब भने बाह्रै महिना पानी आपूर्ति गर्ने गरी काम भइरहेको बताएका हुन् । उनले भने, “विगतमा बर्खा सुरु...

रास्वपाले तय गर्यो केन्द्रीय समिति बैठकको एजेन्डा
बिहीबार, पुस १८, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको छ ।
पार्टी कार्यवहाक प्रवक्ता मनिष झाका अनुसार बैठकका विभिन्न एजेन्डा तय भएका हुन् ।

परराष्ट्रमन्त्री राणाद्वारा प्रथम महिला राजदूत शाहप्रति श्रद्धाञ्जली अर्पण
बिहीबार, पुस १८, २०८१
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका प्रथम महिला राजदूत स्वर्गीय विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् ।पूर्वराजदूत शाहको ९२ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो ।
मन्त्री डा राणाले आज दिउँसो काठमाडौंको कालिमाटीस्थित स्वर्गीय शाहको निवासमा पुगेर उनको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली दिएकी हुन ।

मलाई गरिएको कारबाही विधानसम्मत छैनः नेता डा रावल
बुधबार, पुस १७, २०८१
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वनेता डा भीमबहादुर रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान, विधि र प्रक्रियाअनुरुप नरहेको जिकिर गरेका छन्।
पार्टीबाट निस्कासित भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै एमालेका पूर्वनेता रावलले भने, ‘आफूले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने र त्यसक्रममा शुभचिन्तक, शुभेच्छु र आमजनताबाट प्राप्त सद्भाव...

प्रतिनिधिसभाका सचिवमा हर्कराज राई, पदभार सम्हाल्दै सपथ
बुधबार, पुस १७, २०८१
प्रतिनिधिसभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनियताको सपथ लिएका छन् । सभामुख देवराज घिमिरेसमक्ष उनले बुधबार पद तथा गोपनियताको सपथ लिएका हुन् ।
संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक कक्षमा आयोजित सपथ ग्रहण कार्यक्रममा उपसभामुख इन्दिरा राना, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, सत्तारुढ तथा प्रतिपक्ष दलका प्रमुख...

नवनियुक्त ५ राजदूतले लिए पद तथा गोपनीयताको शपथ
बुधबार, पुस १७, २०८१
नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशमा नवनियुक्त नेपाली राजदूतलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
राष्ट्रपति पौडेलले रुसका निम्ति नेपाली राजदूत जंगबहादुर चौहान, बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका निम्ति नेपाली राजदूत शनिल नेपाल, दक्षिण कोरियाका लागि नेपाली राजदूत डा....

कांग्रेसको उद्योग विभागमा दश सदस्य मनोनीत
मंगलबार, पुस १६, २०८१
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको उद्योग तथा व्यापार विभागमा दश सदस्य मनोनयन गरेका छन् ।
पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ प्रमुख रहेको उक्त विभागमा दश जनालाई आज उनले मनोनयन गरेका हुन् ।

देशलाई समृद्धिको मार्गमा अग्रसर गराऔँः राष्ट्रपति
मंगलबार, पुस १६, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले श्रमको सम्मान गर्दै आर्थिक एवं भौतिक विकासको माध्यमबाट देशलाई समृद्धिको मार्गमा अग्रसर गराउनु आजको आवश्कता भएको बताएका छन् ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले मंगलबार आयोजना गरेको श्रम संसदमा उनले मुलुकको विकास भनेको केवल आर्थिक र भौतिक प्रगति मात्र नभइ यससँग मानवीय पक्ष पनि भएको बताए ।...
साताको लोकप्रिय